आधुनिक गीत
तिम्रो प्रेरणाले
नखुलेका कथाहरु तिमिलाइ नै भन्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।।
मन कहिलेइ सङ्लेन बहलाउन खोजे पनि
रोउ पनि कहिलेइ भएन काडाले घोछे पनि
तर आज तिम्रो सामु दुख गन्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।।
कस्तो डडेलो सल्कियो न रहर बाचे न भावना
हिड्दै नहिडी कुजिएछु कुन श्राप लाग्यो जिवनमा
मेरो हात थामी देउ म अघि बड्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।।
लजालु रुप घुम्टोले छोप
लजालु रुप घुम्टोले छोप
सानुमाया डर हुन्छ बैशमा
हितको माया छानेर लाए
सानुमाया भर हुन्छ अभरमा
ख्याल ख्यालैमा स्वह्र सालैमा
उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलो
सोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालो
ख्याल ख्यालैमा, स्वह्र सालैमा
सिरिमा सिरि बतासै चल्दा सम्हाल पछ्यौरी
कुटुक्कै खान्छ यो मन मेरो नजाउन दिल तोडी
ख्याल ख्यालैमा, स्वह्र सालैमा
सङ्गीतः डेनी निरौला
स्वरः कमल श्रेष्ठ