कोरोना संसार
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
अमूल्य श्रोतका धनी ।
विशेष लाग्छ मोहनी ।।
छ भानु झैँ समुज्वल ।
लुटिन्छ नेत्र चन्चल ।।१।।
छारो मैलो समेट्दै मनुज नयनको छोप्छ बाक्लो तुँवालो ।
फाँट्ने आशा लिएका तन मन जनका खोज्छ थोरै उज्यालो ।।
चर्को त्यो घाम लाग्ने समय पर हुँदा बढ्छ ऐले निराशा ।
राम्रो चल्नेछ सत्ता प्रगति गति लिँदै जान्छ भागे भरोसा ।।
सारै राम्री गुडिया
हेर्दा लाग्ने चिडिया
जिउ चट्ट मिलेको
ओठ लाली लपक्कै
मुहार छ बलेको
ज्योति जस्तै धपक्कै
चुरोटका स्वादसँगै रमाएँ
सम्भावनास्रोत सहस्र पाएँ
तिनै उघाएँ र यता फिजाएँ
लुनीसँगै सिर्जन गीत गाएँ ।।
उठौन हामी अब दाजु भाइ ।
जुटेर खेती गरनौ समाइ ।।
थिचेर जोते रहँदैन शेष ।
तिम्रो र मेरो मलिलो मधेश ।।१।।
न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।
शंका भो सरकार छौ अब कहाँ ? बाटो कता टुङ्गियो ?
नक्सा पास भयो र देश बलियो पार्ने कुरै बाँङ्गियो ।।
दोषी को, प्रतिपक्ष हुन् कि ? फितलो सत्ता तिमीनै डर्यौ ?
धम्कीले अरुको हट्यौ कि किन हो ? आफैँ बिरामी भयौ ? (१)
छोटो सोच लिएर के अब यसै लत्रेर बस्छौ तिमी ?
वार्ताले नभए छ कानुन बुझी हाम्रो फिराऊ जिमी ।।
नङ्ग्रा गाडिसक्यो निल्यो मुलुक यो चोक्टा लुछ्यो दुष्टले ।
तिम्रो हालत के भयो र यसरी मौनी बस्यौ ढुक्कले ।।(२)
अनुष्टुप:- छन्द
नीति धर्म नमान्नेले जेसुकै नि गरे भयाे
अतिथि देवता मान्नु पनि व्यर्थ हुदैगयाे
१
शब्द कडा छिरे ऐले बुझ्न सुन्नै सकिन्न त्याे
शीलता मासियाे अाज अश्लील शब्दले पिट्याे
२
नेपालीकाे यही भाषा सबैले शुद्ध बाेल्दथे
भासमा भासियाे ऐले अङ्ग्रेजी शब्द माेहले
३
भाषा त्याे नपढौँ भन्दा चल्दैन नपढे त्यही
त्यसैले बिग्रियाे बानी नया शब्द घुस्याे यहीँ
४
कस्ता शब्द यहाँ अाए ? नेपाली बाेलमा सिधै
लानउने अर्थ त्यो के हाे ? भन विज्ञ कुरा सबै
५
फैलियाे माफियातन्त्र छताछुल्ल हुदैगयाे ।
भ्रष्टकाे देशहाे भन्ने विश्वचर्चा हुदैछ याे ।।
भित्रियाे भ्रष्टकाे खेल लाेकतन्त्र दिलाउँदा ।
भ्रष्टाचार बढ्यो फेरि गणतन्त्र मिलाउँदा
घुसखाेरी यहीँ जन्मे गुण्डाका नईके यहीँ
अामाकाे मासु काटेर बेचिखाने सबै यहीँ
इतिहास रचेकाछन् भ्रष्टकाे हाेडमा जिती
कर्म कुकर्मले ढाके लाज लाग्दैन है ! रति
जोगी मालिक भै पसे महलमा छन् सिंह दर्बारमा ।
यौटाको बदला सयौँजन मिली खान्छन् लुटी देशमा l।
लाखौँ सम्पति जो भए नि उनको हिड्छन् मगन्ते हुदै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।
गर्थे भोज भतेर त्यो समयमा हामी डकार्दै गयौँ ।
धोका आज भयो समस्त जनमा ऐले खकार्ने भयौँ ।।
हामी दीन सबै बस्यौँ अभरमा; हेर्छन् तमासा तिनै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।
लेख्यौ रे नव संबिधान कसरी यत्रो महाँजालमा ।
गर्दैछन् कतिले बिरोध यसको धारा दफाछन् जहाँ ।।
लेखेथ्यौ जब त्यो विधान सजिलै लेखेर खै के भयो ?
के हुन्थ्यो अब शान्ति कायम नभै समृद्ध नेपाल यो ।।
मैले जो सपना रचेर मनमा बुन्दै सजाएँ कति !
मेरो यो प्रिय देश बन्दछ दरो गर्दै नयाँ उन्नति !!
तिम्रो हाँक कता गयो बचनको ? अन्यत्र गै मडियो ।
उल्टो चाल हिडेर बन्छ कसरी ? समृद्ध नेपाल यो ।।
रुदो हो वृक्ष फक्रेका फुल ओइलाइ जादा मा
हरिको जीवन कसरी बित्छ? मन ती छ राधा मा
बुझिदेउ राधा पर्खेर बसे म छिट्टै आउला
कमाइ धेरै खुसिका पोका घर अनि सजाउला
ए मेरा हरि जिन्दगी भरी यो प्राण हजुर को
बिना ती मन्दिर के अर्थ भो र सुन कै गजुर को
एक गाँस आधा बाडेर खाउला सङ्ग सङ्गै बसेर
कटाउला जीवन दुख र सुख सङ सङै हासेर
खोला को ढुङ्गा पुजिन्न राधा मन्दिर न आइ
फर्केर छिट्टै आउनेछु प्यारि आफ्नो केहि बनाइ
बुवालाई लाठी आमालाइ ढुङ्गरि तिमी लाई फरिया
कसेर ल्याउछु खुसी लाई बोकि बनाइ भरिया
चाहिन्न मलाइ ढुङ्री र सारि भैदिए छेवैमा
पौरख गरौ खियाइ नङ्ग्रा सुन फल्छ मेवैमा
खाएकै पनि हो जिरा र अदुवा, बेसार पानी पनि
कोरोना भनिने अजीव लठुवा, जादैन खै तै पनि ।
पाहूना बनि यो पसेछ धरती, फर्केर जाँदैन त्यो
जोरी खोज्छअझै मनुष्य सँग लौ, झर्केर बोल्दैन यो ।।
यो पापी यसरी पसेर सजिलै, भत्काउने भो घर
कुम्भैकर्ण बनेर सुत्नु अघिनै, ए लौन केही गर ।
अत्यन्तै कमजोर बृद्ध छ भने, त्यो दुष्ट हाँस्दो भयो
लापर्वाह अटेर भेट्दछ भने, गाँजेर मास्दो भयो ।।
शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
बन्यौ स्वार्थी, लोभी भन किन तिमी सन्ततिहरू ?
लुछ्यौ छाला, लाम्टा, रगत पनि चुस्छौ कति अरू ?
गला घोटी घोटी रिपु सरह हान्यौ मरणमा
दया भिक्षा माग्दै अब त म परेँ लौ शरणमा ।
म सग्लो प्राणी हूँ, वरिपरि घुमाऊ नजर त्यो
नदी नाडी सम्झे जल रगत नै सम्झ तनको ।
लता झाडी हुन् रौँ, हिमगिरि भयो माथ बुझ यो
बुझे ढुङ्गा हड्डी, सकल धरती यो तन भयो ।