अतृप्त यौन इच्छा
नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाइहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहन्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयास गरे ।

राजा उत्तानपादले राज्य बढाएर अकण्टक बनाएका थिए । प्रजाहरू सबै सुखी थिए । उत्तानपाद आफ्नी रानी सुनीतिलाई एकदमै प्रेम गर्दथे । तर उनीहरूका सन्तान थिएनन् । त्यसले गर्दा राजाको वंश परम्पराका उत्तराधिकारी नभएकामा सम्पूर्ण प्रजाहरू दु:खी थिए । सबैले राजालाई दबाब दिन्दा पनि राजाले अर्को बिहे गर्न मानेका थिएनन् । राजगुरुले रानी सुनीतिलाई राजालाई बिहेका लागि दबाब दिन सुध्याए किनकि सुनीतिका कुरा राजाले टार्दैनथे तर सुनीतिको धेरै दबाबपछि पनि राजाले अर्को बिहे गर्न मानेनन् किनकि सुनीतिलाई पछि अन्याय भइजानेछ भन्ने उनलाई थाहा थियो ।
आजका शिष्यहरुको ज्ञानको तहलाई; उनीहरुको सिकाइको स्तरलाई एक सानो बोधकथाबाट सुरु गर्न चाहन्छु । यो कथा प्राचीनकालका गुरुशिष्यको बीचमा घटित कथा थियो । तर पनि कथाले यसयुगका मर्महरू बोकेको छ । अहिलेको यथार्थलाई पनि यसले चित्रण गरेको छ ।
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
रामायणमा उल्लेखित राम रावणको युद्ध सत्य र असत्यको बीचको धर्म युद्ध थियो। सत्यको पक्षधर भएको कारणले रामको विजय निश्चित थियो तापनि रावणलाई कम मूल्याङ्कन गर्नु पनि राम्रो होइन। रावण एक कुशल योद्धा थियो र ऊ समान विद्वान र युद्ध विद्याको ज्ञाता अरू कोही थिएन। उसको परिवारमा ऊ बाहेक अरू पनि युद्धकौशलका जानिफकार थिए, तथापि अधर्मको बाटो रोज्नु नै रावणको पतनको एकमात्र कारण थियो। भनिन्छ कि राम-रावणको युद्धको समयको एक घटना यदि निर्विघ्न घटेको भए रावणको पराजय करीब असम्भव नै हुने थियो। या भनौँ रावणको आतंकको समाप्त हुने नै थिएन। यो त्यति बेलाको कुरा हो जब रावणको छोरा मेघनाद युद्धमा मारीयो। त्यो प्रसङ्ग यसरी प्रस्तुत भएको पाइन्छ।
मनमा अब हाँसो खुसी भर्न पाइन्न कि
एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो ।
मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी बनायो कि ? मेरा औरस पुत्र धृतराष्ट्रको दुखले दुखी बनायो ? धृतराष्ट्रप्रति मलाई पुत्रमोह त कहिल्यै थिएन किनभने मैले माता सत्यवतीको वचनलाई हार्न नसकेर मात्र उनका विधवा बुहारीहरूलाई गर्भवती गराएर पुत्र प्रदान गरेको थिएँ । तर, त्यो बेलामा मैले मातालाई भनेको पनि थिएँ-“माता, मबाट जन्मिँमा यी सन्तानहरू ऋषिपुत्र झैं हुने छैनन् । भविष्यको कुरा केही भन्न सकिन्न । हुन सक्छ यी सन्तान नै हस्तिनापुरको रक्षा समर्थ नहोलान् ।”