नयाँ वर्षको शुभकामना

सुखले खानु पुगोस्,
खुशीले दिनु पुगोस्
चिताएको ठाउँमा जानु पुगोस्,
अस्पताल धाउनू नपरोस्,
सुखले खानु पुगोस्,
खुशीले दिनु पुगोस्
चिताएको ठाउँमा जानु पुगोस्,
अस्पताल धाउनू नपरोस्,
सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।
तिमी धरतीकी सुन्दर फूल हौ
तिमी आकाशकी सुन्दर जून हौ
तिमी सङ्गीतकी धुन हौ
तिमी बहुमूल्य सुन हौ
आकाशीय मेघार्जनको अट्टहासले
त्रसित कोमल बादल
लडिबुडी गर्दै रुन थाल्छे
उत्ताउला ज्वाला र बज्रनादका
कठोर कर्कसताले आतिएर
क्षितिजमा भौतारिन थाल्छे ।
जनतामा आश मरेको बेला
नेतृत्वले घात गरेको बेला
स्वाधीनता बसाइँ सरेको बेला
राष्ट्रियता बन्धकमा परेको बेला
दुखेको छ प्रत्येक नेपाली मन ।
साथी छिमेकी र समाजको दुहाई दिनेहरु भयो अब धेरै भयो दुहाई र दुहाई दिनेहरु ताकी जानाजानी झुठो प्रवृती वर्षाएर भयो अब धेरै दुहाई नदेउ ।Read More »साथीको मेलो
यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि
बिसे नगर्ची बहुलाएछन्
उनले महाराजको सेवा गर्न भुलेछन्
दरौदी उल्टो बगेको देखेछन् ।
कवि भएपछि
कविले प्रेम गर्नु हुँदैन,
कविले खुशी मनाउनु हुँदैन,
कसैसँग आत्मीयता बढाउनु हुँदैन
कसैसँग वाचा वन्धन गर्नु हुँदैन ।
यो ब्यग्र अनुरागीसँग
तरक्क र्तिकने
हे भगौटी मनमोहिनी !
तिमी दूर भागिराख
म तिमीलाई पच्छ्याइरहन्छु ।
रिटायर्ड भएपछि मान्छे
युवा भए पनि
आफूलाई बुढो सम्झन्छन्,
नौलो भए पनि
आफूलाई पुरानो बनाउँछन्
जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरू
विपना कहिल्यै ।।
सायद आज औंशीको रात थियो
आकाश निष्पट्ट अँधेरी ।
सुनसान रात टिलपिलाइरहेका ताराहरू,
चन्द्रमाको अनुपस्थितिमा
सबै फिक्का फिक्का।
हाम्रो गाउँ सहरदेखि
दिन प्रतिदिन
चेलीबेटीहरू हराउन थालेका छन्,
नराम्रीहरूलाई नलगेर
राम्री राम्रीलाई
छानी छानी लगेका छन्,Read More »चेलीबेटी हराउँदा
तिम्रो समथर भूगोल जस्तै,
फराकिलो मनको फूलबारीमा,
रंगिन सपनाका फूलहरुले सजिएर,
मेची किनारमा बहकिने शीतल पवन झैं,
शान्त र सुम्य भावनारुका लहरहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !Read More »मतिरै आइरहेछन
म केवल चिच्याउदिन
मेरा अन्तरङ्गहरू थर्थराइरहेछ्न
विश्वास अनि मौनता
लगाव अनि झुकाव
वायु पङ्खी घोडाको रेश जस्तोRead More »मेरो मायाको हिसाब स्वर्गमा दिनु छ
कोरोना तिमी महामारी हौ
या महाआतङ्ककारी
मैले बुझ्नै सकिन
तिम्रो जन्मसँगै
संसारभर कोरोना आतङ्कRead More »सरकारसँग अनुरोध