सरकारको मुहार

नेपालमा संघीयता लागु भएपछि हामीले गाउँ गाउँमा स्थानिय सरकार पायौं । जनताले केही राहत पाएका छन् । विकासका काम सुरु भएका छन् । अब गाउँ वा नगरमा सिंहदरवार संगसंगै सिंहदरवारमा हुनेगरेका विकृति पनि पुगेका छन् ।
Read More »सरकारको मुहारनेपालमा संघीयता लागु भएपछि हामीले गाउँ गाउँमा स्थानिय सरकार पायौं । जनताले केही राहत पाएका छन् । विकासका काम सुरु भएका छन् । अब गाउँ वा नगरमा सिंहदरवार संगसंगै सिंहदरवारमा हुनेगरेका विकृति पनि पुगेका छन् ।
Read More »सरकारको मुहारतराई-मधेशतिर अचेल पोखरीमा यसरी पौडी खेलेको दृश्य विरलै देख्न पाइन्छ । मानवजन्य क्रियाकलापले जल पनि प्रदूषणमुक्त रहेन । फेरि अव्यवस्थित गाउँबाट सहरतिर बसाई सर्नेहरूको लर्को वर्षौदेखि जारी छ । गाउँघरमा गरीबी व्याप्त छ । महँगाई ढाड सेक्नेगरी बढ्यैको बढ्यै छ । महँगीको मारले गाउँघरका भूमिहीन र ज्यालामजदूरी गर्नेहरूले जुँगाको रेखी नबस्दै आफूसँगै आफ्ना नाबालक सन्तानलाई लिएर भारतको दिल्ली, बम्बै, पंजाब, कश्मीर सस्तो मजदूरी गर्न हानिनु एउटा परम्परा बस्यो । अनि साना बालकहरूले आफ्ना बालसखा पाउनै छाडे ।
ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो ।
आफ्नो घर अगाडिको बाटो छेकेर आफू चाहिं दिनभरि सात गाउँ डुलेर अन्तको हालखबर ल्याएर साँझ घर छेउकै पसलमा बसेर यहाँ यस्तो भएछ, त्यहाँ उस्तो भएछ भनेर गफ दिएकै भरमा आफू सुरक्षित महशुष गर्नु कतिको बुद्धिमानी होला ।
साँझको समय कोठा अगाडिको बाटो हल्लाखल्ला सुनियो । के भएछ भनेर बाहिर निस्किएँ । टोलका युवाहरू भेला भएर कोही बाँस ओसार्दै थिए, कोही बाटो साना साना खाल्डा बनाउँदै थिए । एकछिन त्यही बसेर हेरिरहें ।
मेरि हजुरी अर्थात, मुखिनी बजै !!!!!
आज २०७६ को तिहारको दिन ।सबै तिर माला र पालाको रमाइलो छ ।तर मलाई भने तिहारको पियार छैन । जस्ले गर्दा मनमा ताला लगाएर ,यो लेख लेख्न बस्दै छु ।सम्भबत !दिनपर एक बजे ।सुरु यहिबाट गरौ ,कि नगरौ ,दोधारमा छु ।निधो छैन, म लेखी खाउला कि नाई ।खैर !म त्यति लेख लेखी टोपल्ने मान्छे पनि त हैन ।त्यसैले कताकता शरिरमा काडाँ उमार्दै म लेख्न थाल्छु ।हजुरिको मृत्युबाट ,,,,,,,
जब हामी मृत्यु खबर सुन्छौ ,सायद कसैले
पनि उसको नकारात्मक पक्ष जोडदैन्
चाहे त्यो जतिसुकै नराम्रो किन नहोस्
किनकी सबैमा कहीं न कहीं दया जिबीत
हुन्छ र एक थोपा आंशु बरु नझर्ला तर आँखा
रसाएर मन भारी भने जो कोही को हुन्छ।
सबैैलाइ थाह छ एकदीन यो क्षणभंगुर शरीर यहँी
छोडी अवास्तविक झै लाग्ने संसार बाट अली
टाढा छुट्टिएर जानु नै छ तर पनी मानीस आफ्नो
कठोरपन , व्यस्तता र घमंड अंगाल्न छोडदैन्।
सायद जुन् संवेदना जलीरहेको लाशलाइ दिन्छौ
त्यो जीबीत प्रति गरीदो हो त अाज संसारमा
युद्धहरुले गर्दा नरसंहार र भिखारीको
झोली रितो हुने अवस्था आउने थिएन होला ।।।
एकाएक विगतका जिन्दगीका चिन्हहरू सम्झदै गएँ। कुनै उपन्यासका पानाहरू झै पल्टाउदै गएँ। अहँ ! कुनै पानामै भेटाइन उत्साहको पाना न त कुनै शिर्षक नै खाली रित्तो मात्र। अन्योलै अन्योलको जिन्दगी सानोमा ‘क’ लेख्न नजानेर केरकार पारी छोडेको जस्तो। जिन्दगीमा केही गर्न सकिएन। उफ! कसैले कुनै दिन सम्झना लाएक पनि भइन् म। कसैको आँखाको नानी बन्न पनि सकिँन सधैं झार मात्र ! जिन्दगीको ठक्करले पारेका ठेलाहरू बाहेक केहीरहेनछन् र उक्त खाली हातहरू अहिले जमीनको धूलोमा आवाद बनेको छ।
दसैँ भन्ने बित्तिकै म बाल्यकालीन सम्झनामा पुगिहाल्छु। ऊ बेलामा दसैँ अग्र्यानिक हुन्थे अचेल ब्रोइलर हुन थालेका छन्। म तराईमा जन्मेको मानिस हूँ। दसैँको तयारीका लागि गृहस्थीहरू भदैया धान काटेर बजारमा लगी बेच्ने गर्थे। सनपाटको खेती ऊ बेलाको तराईमा उधूमै हुन्थे। सनपाटलाई सडक छेउका पानीले भरिएका खाल्डाखुल्डीमा पानीभित्र छोपेर माटाले थिचिन्थ्यो। त्यो सोर श्राद्धका बेला त्यो सनपाट पानीबाहिर निकालेर धुने बेला हुन्थ्यो। किसानहरू त्यसलाई बेचेर पैसा पाउँथे। अनि सुरू हुन्थ्यो दसैँका खिच्रिङ्मिच्रिङ् किनमेलहरू। मारबाडीका पसलमा दसैँका लुगा किनिने र बालीघरे दमाईलाई सिउन दिइने चलन थियो।
दुर्जनेन सम म संख्यम वैरञ्चापि नकारयेत
उष्णोः दहती चाङ्गारः शित कृष्णायते करम।
(दुर्जनसँग संगत नगर्नु साथै वैरभाव पनि नगर्नु किनभने जसरी कोइला तातो हुँदा पोल्छ, चिसो भएको वेलामा समायो भने हात कालो हुन्छ ।)
यो नीति श्लोक मैले काक्षा ७मा लगभग तीन दशकअगाडि संस्कृत पाठ्यपुस्तकमा पढेको थिएँ ।
आज मैले आफू चालीस वर्ष दुईमहिना अठ्ठाइस दिन पुगेको दिन चस्मा किनेँ । उमेरले चालीसको डाँडो उक्लिँदै गर्दा आँखा केही कमजोर भएको अनुभूति हुनथाल्यो । खासगरी किताब या पत्रपत्रिकाका मसिना अक्षरहरू पढ्दा पहिले जुन दूरीमा राखेर देखिन्थ्यो, अब त्यसदूरीमा राखेर हेर्दा लथपथिएजस्तो, प्रष्ट नभएजस्तो हुन थाल्यो । किताब समातेको हातलाई तन्काएर आँखाको दूरीबाट अँझै टाढा लगेपछिमात्र देखिने भयो । पहिले पहिले सुन्थेँ, चालीस पुगेपछि आँखालाई चालिसा लाग्छ । बीस तेरा कुरा इस् भनेजस्तो बीस बाइसको लक्का जवानीमा अरुका यस्ता कुरालाई थोत्रा कुरा, नहुने कुरा भनेर खिल्ली उडाइन्थ्यो ।
धेरै साल अगाडि यो कथा मैले ‘आफन्तीका कथाहरु’ नामक धारावाहिक शृङ्खलामा पढेको थिएँ । त्यतिखेर विमोचन नामको मासिक पत्रिकाले आफन्तीका कथाहरू छाप्ने गर्थ्यो । त्यसको केही समय पछि त्यही कथा चिनियाँ साहित्यको कथा भनेर छापिएको पाएँ । यो कथा जुनस्रोतबाट नेपालीमा आएको भएपनि कथाको कथ्य र यसले प्रवाहित गर्ने भाव वा सन्देश निकै मार्मिक छ । यस कथाले दिने शिक्षा निकै शक्तिशाली छ ।
विजया दशमी २०७४को टीका ग्रहणगर्न आश्विन १४ गते शनिबार सरस्वती नगर चावहेल गइयो । दाइ हामी लगायतलाई टीकालागाइ दिन घरै बस्नुभएको थियो । परिवार सहित बिस्तारै घरको अन्तिम तल्ला पुगियो अर्थात चौथो तल्ला पुग्नु अघि जुत्ता खोलेर राखियो ढोकाको दाहिना तर्फ कान्छी भाइ बुहारी भाँडा सफा गर्दै थिइन । भित्री कोठामा पुग्नु अघि एउटा ठूलो भाले ढोकैमा भेटियो ।
किन भाग्दैन यो भाले ! मान्छे देखेपछि त कुखुरा भाग्ने गर्थ्यो यो भाले भागेन, म भित्र पसे । पहिले जादाँ कुकुर थियो त्यहाँ अहिले त्यो भालेले कुरको काम गरेको त होइन ! फेरि सोचें यो त खाने कुरापो हो त । कुकुर र भालेमा फरक त छ नि !
रत्नपार्कबाट जबजब म कीर्तिपुरको माइक्रो चढ्छु मेरो मन एक प्रकारले चाञ्चल्य अनुभूति हुन्छ । सो रुटमा प्रायसः विद्यार्थी र बौद्धिकहरूसँग गफिँदै जान पाइने सुविधा भएकाले ममा खुसीको बेहद् उपस्थिति हुनेगर्छ ।
बल्खु चोकमाथि गएपछि भने अर्को एकैछिन भए पनि प्रकृतिको सुरम्य काखमा गएको भान हुन्छ । त्रिकालदर्शी महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्राज्ञिक सुदूर भविष्यको सुरम्य प्रकल्पना गर्दै यस्तो काञ्चन स्थलमा विश्व विद्यालयको सार्थक कल्पना कसरी गर्न सके होलान् भन्ने प्रश्नहरूले जुलुस बनी मनमा एकाएक झुत्ती खेल्न थाल्छन् ।
मुलुकको प्रतिकूल अवस्थामा कहिले कसैबाट जोगिन त कहिले लहड चलेर ‘अक्षान्त’, ‘ललादन्न’, ‘नेत्र पीए’ जस्ता उपनामबाट समेत केही साहित्यिक र साहित्येत्तर लेख–रचना प्रकाशित गर्ने गरेको थिएँ । मूलत: म नन्दलाल आचार्य नामबाटै लेख्ने गर्छु । र, मेरो साहित्यिक पहिचान जे जति बनेको छ, यसै नामबाट बनेको छ । सुरुआतका दिनमा मलाई आफ्नै नाम पाङदुरे लाग्थ्यो । संसारमा ‘नन्दलाल’ नाम कसैको नहोला भन्ने लाग्थ्यो । गुगलमा सर्च गर्दा कैयौँ मान्छेको नाम ‘नन्दलाल’ भेटियो । भगवान कृष्णलाई पनि नन्दबाबाको लाल सम्झेर ‘नन्दलाल’ भनेको पाएँ । पछि आएर ‘नन्दलाल’ नामबाट स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा रचनाहरू प्रकाशन हुन थाले पछि भने यसै नामलाई प्रेम गर्न थालेँ ।
खै कुन शब्दले सम्बोधन गरूँ तिमीलाई ? सम्बोधन गर्ने शब्दहरू त मबाट गलहत्याइसकेका छौ तिमीले । तैपनि सम्बोधनबिनाका प्रेमका शब्दहरू तिमीसमक्ष पुर्याउने कोसिस गरिरहेछु ।
जिन्दगीमा यो दिन पनि आउला भनेर सोच्न त के कल्पनासम्म गरेकी थिएन । समय यसरी मेरै अगाडि कोल्टो फेरेर तेर्सिन्छ भनेर । तर तेर्सियोस्, मेरै अगाडि केही छैन । सके लडेरै भए नि हिडौंला, नसके शहीद बनौला । दुःख के हो,आँशु के हो, पीडा के हो, संघर्ष के हो सबको अनुभव छ मलाई । त्यसैले त अहिले जिउन सजिलो भएको छ ।
शहरमा जन्म लिन पाउनु आफैमा खुशीको कुरा हो । पछि यो कुरा बदलिन पनिसक्छ । हरेक जिल्ला सदरमुकाममा साना ठूला जे भए नि शहरै छ, बाटो, बिजुली, अस्पताल, विद्यालय सरकारी कार्यालय जस्ता मानवोपयोगी सबै आधारभूत कुराहरू अँझै शहरकेन्द्रित छन् । यसैकारण मानिस अलिकति आर्थिक अवस्था सवल भयो भने शहरकेन्द्रित हुनु स्वभाविक हो । अँझ शैक्षिक गुणस्तर उठ्यो र राम्रो अवसर पायो भने राजधानी हैन प्रदेशतिर पनि लागेका छन् र लाग्छन पनि । देशको राजनैतिक र आर्थिक अवस्था सवल नभए, खोलाले आफ्नो बाटो आफै लिन्छ भने झैं मानिसले आफूसँग उपलव्ध अवसरमध्ये राम्रो अवसर छान्ने गर्दछ । दु:खै गरेर देश सेवा गर्छु भन्ने कुरा नसक्ने वा नजान्नेहरुका लागि मात्र हुने देखिन्छ अब ।
आज म चालीस वर्ष पुगेँ । आजबाट मेरो मान्छेको आयु सकियो । अब गोरु या गधाको आयुतिर लाग्दैछु । गोरुको आयु यसर्थ भनिरहेको छु, उहिल्यै पाँच छ कक्षातिर पढ्दा एउटा काल्पनिक कथा पढ्नुपर्थ्यो । जसअनुसार उहिल्यै व्रह्माजीले पृथ्वीको सृष्टि गरे । पृथ्वीलाई बस्न बाँच्न लायकको बनाउन जीवजन्तु चरा, चुरुङ्गी, किटपतङ्गदेखि मानवसम्मका प्राणीहरुको रचना गरे । सबै जीवहरुलाई एकएकओटा आयु दिए । आयु बाँड्ने क्रममा जीवजन्तुहरुलाई भेदभाव नगरीकन सबैलाई चालीस चालीस वर्षको उमेर व्यवस्था गरे । चालीस वर्षको आयुप्रति घोर आपत्ति जनाउँदै केही प्राणीहरुले सभा बोलाए ।
सप्तरीलाई कार्यथलो बनाएर पत्रकारितामा राष्ट्रिय पहिचान बनाइरहेका जुझारु पत्रकार तथा न्यूज टुडेका सम्पादक श्यामसुन्दर यादवको मैथिली भाषामा व्यक्त विचार थियो–
उदयपुर जिल्ला घर भएका साहित्यकार नन्दलाल आचार्य विगत अढाई दशकदेखि सप्तरीलाई अध्ययन र शिक्षणको कर्मथलो बनाएर रहनुभएको थियो । मूलतः मैथिली र नेपाली भाषमा कलम चलाउँदै आउनुभएका आचार्य हालै सिरहास्थित श्रीजनसेवा उच्च मावि, कर्जन्हा–४मा नेपाली विषय शिक्षक बनेर स्थानान्तरण हुनुभएको छ । प्रगतिशील साहित्य फाँटका समेत एक हस्ताक्षर नन्दलालजी सिरहा जाने कुराले मेरो आँखाभरि आँसु भएको छ ।