Skip to content

गजल (गीत)

सुन भन्दा चुन टल्किने रैछ

टुक्रेको मुटु दुखेको छाती के सुनाउ ए साथी
सुन भन्दा चुन टल्किने रैछ के सुनाउ ए साथी

सुर्य लाई निलि जुनलाइ पिइ सागर तर्याथ्यौ
अन्धकार भयो बिजुली चम्की के सुनाउ ए साथी

सम्झिने मुटु बल्झिन्छ झन झन दिन भन्दा रातैमा
काटेको घाउमा नुन चुक छर्कि के सुनाउ ए साथी

बलुन्जेल आगो तापेर बसि स्वार्थ को खेलैमा
बन जङ्गल डढ्दा पग्लेन ढुङ्गा के सुनाउ ए साथी

एक तर्फि माया सारै नै गारो न चिन्नै सकिने
मुखमा राम राम बगलमा छुरा के सुनाउ ए साथी

टुक्रेको मुटु दुखेको छाती के सुनाउ ए साथी
सुन भन्दा चुन टल्किने रैछ के सुनाउ ए साथी

तिमी पाए हुन्थ्यो

झुक्किएर तिम्रा हात छुन पाए हुन्थ्यो 2
मृगनयन तिम्रा आँसु पुछ्न पाए हुन्थ्यो

यो भाग्य को के भर भो र !!!नक्षत्रले फेरिदिने 2
मिल्ने भए यी नक्षत्रलाई फेर्न पाए हुन्थ्यो

कति विधि व्यग्र छु म तिम्लाइ भेट्ने प्रतीक्षाको 2
तिम्लाइ भेटी सारा जीवन बाच्न पाए हुन्थ्यो

कस्तो होला त्यो दिन जब लजाउदै तिम्लाइ भेट्ने 2
तिम्रो रुपमा मात्तिएर लड्न पाए हुन्थ्यो

अन्जान फुल गुथिएर एउटै माला बने पछि 2
अङ्गालोले च्याप्प कसि सेल्फी हान्न पाए हुन्थ्यो

कालो बादल घना जङ्गल आवोस बरु जिन्दगिमा 2
कस्सिएर तिम्रो साथ बस्न पाए हुन्थ्यो

सार्थक हुन्थ्यो जीवन मेरो जिन्दगीभर तिमी हुदा 2

हर प्रहरमा बाँचेकी छु

न तिमीलाई पाउने रहरमा बाँचेकी छु।
न तिमीलाई गुमाउने डरमा बाँचेकी छु।

तिमी र तिम्रा यादहरु दुवै प्रिय छन्।
तिनै याद हरुको सहरमा बाँचेकी छु।

गजल

गजल
कुरी बसेक‍ो छु इशारा कसैको
पाउँछु कि भनी सहारा कसैको

खोज्दैछु बस्न अन्तरमन भित्र
बनेर चन्द्र अनि तारा कसैको

भुलेर सबथोक पनि भुलिएन
नजरै नजरका झटारा कसैको

प्यासीहरूले मेटाउँदैमा प्यास
रित्तिंदैन फेवा, रारा कसैको

भन्दैछ गरीब चाहियो राहत
भोभो पुग्यो अब नारा कसैको

बचाइ प्राण उम्किदैछ सिकार
चिनेर पासो अनि चारा कसैको

केदार थपलिया
नुवाकोट

गजल

बालकबाट बृद्दसम्म उमेर सरे जस्तै
झर्छ जीवन बोटबाट फूल झरे जस्तै

सुखदुःख जीवनमा आउनेजाने हुन्छ
हरेक दिन साँझ,बिहान,रातपरे जस्तै

संतुष्टी र खुशियाली भर्दै जानु पर्छ
कुवाबाट गाग्रीभित्र पानी भरे जस्तै

विश्वास र भरोसालाई छरौं जताततै
किसानले अनाजको बीउ छरे जस्तै

भाग्नु हुन्न डराएर जीवनको दुःखबाट
जंघारबाट पार लागौं खोला तरे जस्तै

केदार थपलिया
नुवाकोट

तिमी पनि गए हुन्छ ,,,,

तिमी पनि गए,,,,,,
तिमी पनि गए हुञ्छ अरुको नै भए हुञ्छ ।
नबोलेरै शून्य थप्छयौ एक बेथा सय हुञ्छ ।
,,,,,,,,,,,,
बोल बरु केही बोली सरापेरै भएपनी,
हासीँ हासीँ सहञ्छु म तिम्रो गाली जय हुञ्छ।
,,,,,,,,,,,,,,,,
पेलिएको रुवा जस्तै धुजा धुजा भा छ मुटु,
टाल्दा टाल्दै थाकिसकेँ अब क्यारी नयाँ हुञ्छ ।
,,,,,,,,,,,,
छोडदेऊ ईश्वर !जन्मिएर पुग्यो अब संसार देख्न,
मेरो पुकार सुञ्छौ भने तिमी सङ्गै लए हुञ्छ ।
,,,,,,,,,,,,,,,
अँध्यारोको पिजडामा थुन्नभन्दा मेरो परान,
स्वर्गै लैजाऊ भन्दिन म बरु नर्कै लए हुञ्छ ।
-रमेश त्रिपाठी निराला,

मेरो एउटा आफन्त ,,,,,,

मेरो एउटा आफन्त,,,,,,,
मेरो एउटा आफन्त थ्यो चाइदा मात्रै बोलाउने ।
नाफा घाटा हिसाब गरी फाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
अरुकोलाई पर पर आफ्नो लागि भर,
दिनुपर्दा हात काम्ने पाउँदा मात्रै बोलाउने ।
,,,,,,,,,,
आफू भने फलाक्थ्यो ऊ जिन्दगी यो सुखदुख,
उसको बोली जेजे हसहस खाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,
दिन दुखी सबको सेवा गर्नु पर्छ भन्थ्यो भेटदा,
झुत्रे झाम्रे टाढै सुट्बुट लाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
एउटै थालमा खाने हामी भन्थ्यो चिल्लो घसिअरी,
गरीबहरू पत्रु भन्दै काइदा मात्रै बोलाउने ।

म चुडिएको चप्पल ,,,,,,,,,,,,,

म चुडिएको चप्पल,,,,,,,,
सुकेको रुख काटिइञ्छ बालिञ्छ नै साथी ।
चुडिएको चप्पल आखिर फालिञ्छ नै साथी ।
,,,,,,,,,,,,,,,,
अँध्यारोमा अरु त के आफ्नै आँखा परदेशी
हुँदा गेडि अङ्गालो त हालिञ्छ नै साथी ।
,,,,,,
मेरा आफ्ना मनका माञ्छेछोड सबै वाईघात यो
मौरी मह दिन्न त घार टालिञ्छ नै साथी ।
,,,,,,,,,,,,
एउटै थालमा खाने माञ्छे भाञ्छे भई आयो भने ।
तरकारीमै चर्को नून हालिञ्छ नै साथी ।
,,,,,,,,,
बन्यौ भने सबले हेर्छन,बिग्र्यौ भने केर्छन
मसिनो भौ नत्र पिन्न चालिञ्छ नै साथी ।
,,,,,,,,,,रमेश त्रिपाठी निराला

सहर कस्तो छ नसोध आमा

सहर कस्तो छ नसोध आमा,,,,,
आमै! यहाँ रिस गरेर खुट्टा तान्नेहरू धेरै हुञ्छन ।
गर्न खोज्नेहरुभन्दा बोल्न जान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,
अघि लडन डराउछन् मार्चे गोरुहरू याँ ।
पिठिउ फर्केको बेला हान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,,
सहर कस्तो छ बाबू! मलाई नसोध आमा ।
माञ्छे मारेर ढुङ्गो देउता मान्नेहरू धेरै हुञ्छन ।
,,,,,,
कोही तनका भिखारी कोही मनका भिखारी ।
गाईको दुधमा रगत मिस्दै छान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,
मनलाई रुवाएका जो धनले नुहाएका हुञ्छन ।
पैसा पैसालाई नै मित्र ठान्नेहरू धेरै हुञ्छन ।
-रमेश त्रिपाठी निराला

अचम्म

दु:ख गरे दह्रो हुन्छ सुख गरे दुख्छ
कुकुर चांहि लमक लमक हात्ती किन भुक्छ?

आकाशको जून पनि बिना बादल लुक्छ
कुवामा छ ज्वारभाटा सागर किन चुप छ?

फलेको रुख ठाडो छ रे नफलेको झुक्छ
सधैं अचूक मेरो तारो आज किन चुक्छ?

रामनामी साधु पनि बिहान देखि धुक्छ
कोठा भरी सुगन्ध छ लिखे किन थुक्छ?

डांडा कांडा हिन्ने मान्छे कालोपत्रे फुक्छ
हूलका हूल केटालाई केटीले पो ढुक्छ

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

बिर्सेको घाउ

बिर्सेको घाउ बल्झाउन तिमीसंग बोल्दिनँ म
सत्ये अब तिमी सामु हृदयलाइ खोल्दिनँ म

मन पराई तिमीलाई के भूल गरें अखिर
भइ गो! अब पिरथिका चिट्ठीहरू कोर्दिनँ म

न ता माया दियौ तिम्ले न ता घृणा गर्यौ मलाई
अब तिम्लाई विश्वास दिन यो छात्ती फोर्दिनँ म

एकपल्ट भूल गरेछु तिम्रो मन मागी हेर्नु
तर,अब कहिल्यै नि तिम्रो मन चोर्दिनँ म

नदीको दुइ किनारा भयो तिम्रो-मेरो मिलन
अब भेट्न आऊ भनी हात कहिल्यै जोड्दिनँ म

टुकी बालिराखया छुु

च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

मेरो देव मेरो प्रिय सबै तिमी हौ
आशीर्वाद माग्न धूप हालिराख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछौ भन्दै ओछिन खाली राख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा सधंै पालिराख्या छु ।।

ढोका खुला राख्न पनि डरमर्दाे छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
भित्रै थुन्ने परेलीका आली राख्या छु ।।

तिमीलाई पूजा गर्ने फूलबारीमा
राम्रा राम्रा फूल गोड्ने माली राख्या छु ।।

ईश्वर भनौं दैव भनौं सबै तिमी हौ
पूजा गर्न सजाएर थाली राख्या छु ।।

कुनै दयालुले (गीत)

कुनै दयालुले उहाँ पुगी यति भनिदिए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……

न चिठ्ठी पत्र आउँछन् न तार नै पठाउँछन्
कसो गरी विदेशमा बसेर दिन कटाउँछन्
यता म आधी भै सकें उता उनी कसो भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए

केही लेख

देशबाट बाचा खाएर लेख केही
स्रष्टाहरु सबैले आएर लेख केही ।

हज्जार पाखुरा छन् कामै विना बसेका
यो ठाउँमा सबैले गाएर लेख केही ।।

लेखेर हुन्न केही भन्ने नसोच्नु होला
थोत्रो भएछ छानो छाएर लेख केही ।।

टाढा समीप भन्ने व्यर्थै छ सोच हाम्रो
जे हुन्छ हुन्छ टाढै धाएर लेख केही ।।

तिम्रै अगाडि नौला सन्देश आउँदैछन्
सन्देशबाट माया लाएर लेख केही ।।

गजल

गजलः
नक्कल गरेर नेता थाप्लो ठटाउँदैछन्
काठमान्डु वासीलाई धूलो चटाउँदैछन्,
धूलो चटाउँदै छन् धूलो चटाउँदैछन् ।।

मेलम्चीबाट पानी ल्याएर बाँड्छु भन्दै
आफ्नो उचाइ आफैं नेता घटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

जनता हरु सबैलाई हालेर पिन्जडामा
तोता सधाउँदा झै राम राम रटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

नेता हुनै नपाई छन् धेर खुम्रिएका
लौ हेर धुन्दुकारी चप्पल फटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

युवाहरुलाई

युवा हाम्रा रुँदै भोकै उता सौदी पसेका छन्
नपस्ने जो थिए तिनले यता गुन्टा कसेका छन्

कबोलेको पुरा पैसा बरा के पाउँथे होला
दलालीका भरौटेले यहाँ झन् झन् डसेका छन्