वर्णनात्मक निबन्ध

काठमाडौँमा जीवन

संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न असमर्थ हुन्छन् । ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अबधि नै जीवन हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओझेल अनुहार

लेखक भटाभट बढ्दै । पाठक धमाधम हराउँदै । नेपाली साहित्यको हाल । पाठबाट पाठक टाढिनुमा ठूलो ताल त लेखककै देख्छन् भविलाल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160222_113433_resized_1

नेपाली समाजमा देव वृक्ष पिपल

संस्कृतमा अश्वत्थ, बैज्ञानिक नाम फाइकस र नेपालीमा पिपल भनिने वृक्ष स्वर्गबाट पठाईर्को कथा हिन्दू सहास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रह अनुसार स्वर्गका राजाअ देवेन्द्र लगायत समस्त देव देवताले पठ्सेको पिपल र पारिजातको बोट रामचन्द्रजीले अस्फ्नो पुष्प विमानम नै राख्ने वेवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई बिमानमा राख्दा विमान जहाँ जहाँ गयो विमान वाट पिपल र पारिजातको बिज सहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रन्दै गएछ भन्ने कथा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पानी मुनी विवाहः प्रेम र रोमान्सका प्रतिक

विश्वका २८ वटा मुलुकहरूवाट प्रतिनीधित्व गरी आएका ३० यूगल जोडीहरूले यस वर्ष भेलाइनटेन डे को दिन समुद्रको १० मीटर गहिराई भित्र औपचारिक रुपमा विवाह दर्ता गरी विश्वमा नै एउटा नयाँ कीर्तिमान कायम गरे । थाईल्याण्डको दक्षिणभागमा रहेको त्राङ्ग भन्ने ठाउमा सम्पन्न उक्त विवाह संसारकै सबैभन्दा बढी जोडीहरूले पानी मुनी विवाह गरेकोरुपमा गिनीस बुक अफ रिकर्डमा पनि दर्ता हुने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DivyaDeepDahal

सुडान भित्र डारफर, महिला र गधाको अवस्था

हरेक मान्छेको आफ्नै हेराई, बुझाई, देखाई र भनाई हुन्छन् । कुनै नौलो कुरा भन्न गईरहेको पनि हैन तर किन यो देशमा दुईवटा प्रणीले विषय बस्तु बन्ने मौका वा स्थान पाए ? प्रशस्त बिषय बस्तु हुदा हुदै पनि यी नै छानिनुका पछाडि पक्कै केही न केही त बिशेषता होला नै ।

सुडान :– अफ्रिका महादेशमा भौगोलिक दृष्ट्रिकोणले सवै भन्दा ठूलो देश सुडान हो, यस देशको क्षेत्रफल २, ५०५८, ८१३ वर्ग कि.मी मध्ये डारफरको मात्र ५०३, १८० वर्ग कि.मी. रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको माटोको उर्वराशक्तिको एक परिचय तथा व्यवस्थापनमा विवेचना

माटो के हो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजविराज : उहिल्यै र अहिले

पूर्वमा फर्सेठ, पकरी र देउरी भरूवा गाविस, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ तथा दक्षिणमा इटहरी विष्णुपुर र बोरिया गाविसको बीचमा रहेको राजविराज नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका हो । यो नगरपालिका विश्वकै अग्लो चुचुरो सगरमाथा (८८४८ मि.) रहेको अञ्चलको सदरमुकाम पनि हो । विभिन्न किसिमको इतिहास रच्न र धेरै नाम कमाउन सफल यो नगरपालिका पहिला जस्तो थियो, हालसम्म त्यही अवस्थामा रहिरहेको छ । केही ठूला घर बन्नु र भित्री भागहरूमा कच्ची तथा ग्राभेल सडकको विस्तार हुनु जस्ता विकासीय काम भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रङ्गहरूको पनि हुन्छ – भाषा (त्रिचन्द्र ‘प्रतीक्षा’)

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताबल्द पख ?

कुनै यस्तो दिन थिएन, आउदा जादा एक दुई वा तीन चारवटासम्म पनि झुण्डििरहेको नदेखियोस्े । शुरु शुरुमा त खासै चासो भएन देखेर, कि जानेर कि भोगेर अनुभव गर्ने हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा उडुस, साङ्ला र मुसाको आतङ्क

  • by

अहिले नेपालका सञ्चार माध्यममा कि त मुसाको चर्चा छ, कि त गुदपाक भण्डार र मिठाइ पसलेको कर्तुतको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सद्भावको पर्व दशैँ

  • by

समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू। चाड-पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20110911_AcharyaPrabha_01

मैले च्यात्न नसकेको मेरो बुढो डायरी

  • by

धेरै बर्ष अघिदेखि मैले यो डायरीलाई सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं यो डायरी मेरो निम्ति जनम जनमको साथी हो। हर स्वास्नीमान्छेहरू विवाहपश्चात सुन, चाँदीका गर-गहनाहरू सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरू जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाई पनि बडो संचित गरेर राख्दछन् । तर म भने यही डायरीलाई जिन्दगीको सेरोफेरो मानेर जता बसाईँ गए पनि आफूसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुद्रपारिको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर मसँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाईमा होस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आलुको रामकहानी

‘आलु’ शब्दको अर्थलाई नेपाली शब्दसागरमा ”अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक” भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिंदैन ‘आलु खाने’ भन्ने शब्दले । ‘आलु खाइस् !’ भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ ।
नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविहरुले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरुप कविता वाचन गरेर ‘आलु कवि महोत्सव’ मनाउँदै आइरहेको धेरै वर्षभैसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिमल चरी अर्थात् गोलसिमल

  • by

सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो चरो हो । यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ । सिमलचरीलाई उसका स्वरको आधारमा ‘गोलसिमल’ भनिएको बुझिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेघमहिमा

  • by

जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गद्गद् भरिएर आँउछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्रपनि एउटा तिलस्मी नादको अभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अध्याँरो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरू पनि देखेको छु, कालोमैलो वादलको निन्दा बाँच्नेहरू पनि सुनेको छु । तर यी सबैको वीचमा घेरिएर पनि म उनीहरूको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अंकुरणहरू देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरुणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरूमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरूमा चिउलाका नवीन प्रस्फूटनहरू गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।

मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ मञ्जरी भन्न रुचाउँछु । मञ्जरीहरूको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका वुँदहरूमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शितलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ति रचनाहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुमारी धर्तीका सिमान्त चुलीहरू

  • by

बिहान सखारै ब्यूँझेर, हातमुख धोई सोफामा बसेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो, ढक्ढक्…….ढक्ढक्…….। एउटा गोरो अनुहारको फौजी भाइ मेरो सामुन्ने हाजिर भयो -अनुहारमा शुभप्रभाती शैलीको मौन सम्बोधन र हातमा अतिथि सत्कारको तातो चिया बोकेर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अतीन्द्रीय शक्तिको रहस्य मानसिक शक्ति कसरी हासिल गर्ने

  • by

सबै प्रकारको परा सामान्य घटनालाई वैज्ञानिक विधिद्वारा अध्ययन गर्ने विज्ञान अपरा-मनोविज्ञान भनिन्छ । सबैभन्दा पहिले १८८२ मा विलिमय बरटले परा-मनेविज्ञानको व्यवस्थित रूपबाट गम्भीर खोजको पनि सुरुआत गरे । सामान्य घटनाको भारतीय योगमा पनि महत्वपूर्ण स्थान छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इमिग्रान्टको बस्तीः न्युयोर्कलाई नियाल्दा

  • by

हड्सन नदीको मध्य टापुमा रहेको विशाल ‘स्टाच्यु अफ लिबर्टी’ अर्थात् स्वतन्त्रताकी प्रतिमूर्तिले संसारभरिका इमिग्रान्टलाई बिना भेदभाव अमेरिकामा बस्न सक्ने प्रेरणा दिएको पाइन्छ । मूर्तिमा लेखिएका हरफले मानवीय मूल्यमा चुनौतीको आहृवान गरेको छ । ‘तिम्रो थकान गरिबी तिम्रो चुनौती मलाई दिई यो देशलाई स्वतन्त्रतापूर्वक अबलम्बन गर स्वीकार गर’ यही लेखिएको छ । लिबर्टीको छेउमा ‘एलिस् आइल्यान्ड’ सुरुका इमिग्रान्टका लागि प्रवेशमार्ग नै रहेको थियो । नाविक मार्गबाट प्रवेश गरी त्यहाँ पुगेर स्वास्थ्य परीक्षण गरेपछि मात्र न्युयोर्क सहर छिर्न पाउँथे पहिलेका इमिग्रान्टले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नरिवलको महिमा

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रङ्गहरूको पनि हुन्छ भाषा

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •