Skip to content

बाल कथा

जालको कमाल

सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा …!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

पन्ना अचम्म पर्यो

धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर माया पाएको थियो ।

एक दिन दिउँसोतिर बुढी राती गाई र कालो गोरु मिलेर आफ्नो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिस उठ्यो । पन्ना दौडदै खेतमा गएर घ्वाँ–घ्वाँ भुक्दै भन्यो– “हैन, तिमीहरूले यो धर्मराज साहूको खेत हो, त्यसको रक्षक म हुँ भन्ने पनि भुल्यौ कि क्या हो ? कि मेरो अपमान गर्न खोजेका हौ ?”

उज्याला दिनहरू

मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

मायालु सुगा

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।

मृगले रुँदै भन्यो, ‘‘सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।’’

सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँभनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकिनसकी उडेर काग नजिकै पुग्यो ।

मुसाले तिर्यो बाघको गुण

एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”

बरपीपल

हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो ।

घण्टीको मूल्य (बाल लघुकथा)

हरिप्रसाद एक किसानको छोरा थियो । प्रशस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रीबाट आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले भैंसी पनि पालेको थियो । परिवारका अन्य सदस्यहरू खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैंसी चराउन बनमा जान्थ्यो ।

सबै भैंसीहरुको घाँटीमा एकै प्रकारको घण्टी बाँधिएका थिए । एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैंसीको घाँटीमा अरुकोभन्दा फरक महँगो घण्टी बाधिएको थियो ।

वेदान्त

आठ कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे ।

कक्षाकै हुल्यहाँ विद्यार्थी रघुले हकार्दै भने–“यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।”

नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले फेरि भने–“यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।”

कुकुरको बुद्धि

धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।

त्यो बाहिर आयो र चारैतिर दगुर्न थाल्यो । झुन्ड्याएका लुगापाटा र बारीका स–साना बोटबिरूवा चिथोर्न थाल्यो । सारा दृष्य धनराजले देख्यो । र, कुकुरलाई बोलाउँदै पक्रन दौडियो । कुकुर भाग्दै गयो ।

क्षतिपूर्ति

सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।

उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।

गाउँलेको नाटक

उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।

हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।

जुरेलीसँग घुम्दा

“ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !” आयुष्माले भनिन्।

“एए, त्यो ; त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि ! तिमीलाई थाहा थिएन ?”

“अहँ, थाहा थिएन ममी। अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?”

20180713_GokulKhadka-news

बाल साहित्यका तीनवटा किताब एकै चोटी

कथाकार गोकुल खड्काका तीन वटा बाल साहित्यका किताब प्रकाशन भएका छन् । “कथैकथा”, “सुसेली” र “लालाबाला” प्रकाशनमा आएका हुन् ।

यी पुस्तकहरू शब्दार्थ प्रकाशन, चाबाहिलबाट प्राप्त गर्न सकिन्छ ।

पातर र कडगरको जोडी

बाह्र बजेको चर्को घामले बाटो हिँड्नेलाई असिनपसिन पारेको छ । दुई जना चुइँकिने साइकलमा चढेका छन् । उत्तरतिर हाँकिँदै छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ– ‘बाई, बाई सर ! बाई…।’ आफूले अभिवादन नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– ‘बाई, बाई स्टुडन्टस्…….बाई…….।’

बालकथा-०२ः सरी

हजुरीले बच्चाहरूलाई नेपाली बोल्न सिकाइन् । लेखपढमा रुचि जगाइदिइन् । आठ–दश वर्षका भइँन्जेल उनीहरूले कखरा नसिकेको कुरा समेत बुझिन् । घरमा ती बच्चाहरू टेलिभिजन हेर्न भने माहिर थिए । जीवन, जगत् र व्यवहारका कुराहरू मनग्यै बुझ्थे । बाबुआमाको बेहोसी चालाका सिकार थिए । घरभरि आधुनिक सुविधाका सामानहरू थिए । बच्चाहरू त्यसैमा रमाएका थिए । बच्चाहरूले के पढे र के सिके भन्ने बुझ्ने काम कसैबाट हुन्नथ्यो । हजुरीले बच्चाको भविष्य अभिभावकले नै नष्ट पारेको निष्कर्ष निकालिन् ।

मेहनत

धन भएका जति सहर पसेका र कम धन हुनेहरू मात्र रहेका भनेर चिनिने एउटा गाउँ छ । राजविराजदेखि सात किलोमीटर पूर्व–दक्षिणमा अवस्थित त्यो गाउँ एक समय सप्तरी जिल्लाकै शिक्षाको केन्द्र थियो । अहिले भने त्यहाँका केही नानीहरू नजिकैको स्कुल धाउँछन् । के पढ्छन् र के पढ्दैनन् भनेर सोध्ने फुर्सद तिनका अभिभावकलाई हुन्न । प्रायः काम परेको समय घरमै रोक्नु र काम नभएको बेला स्कुल पठाउनु त्यहाँको परिचय नै बनेको छ ।

बालकथा-०१ः हजुरी

राधा पहाडमा जन्मिन् । त्यहीँ हुर्किइन् । उनका पुर्खाले पनि त्यहीँ जीवन गुजारे । र, त्यहीँ अस्ताए ।

उनीहरू कहिलेकाहीँ नून–मसला किन्न तराई झर्थे । सहरका गगनचुम्बी महल, चिप्ला सडक र रङ्गीचङ्गी दुनियाँप्रति विल्कुलै कुनै मोह थिएन । हेर्थे, घुम्थे, किनमेल गर्थे र फेरि उकालो चढ्थे । आफ्नै पाखा–पखेरालाई स्वर्ग ठान्थे । राधाले पनि त्यही सोचसमझमा एस.एल.सी. गरिन् ।

खशी र घोडा

दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।

मोजाको भकुण्डो

त्यसबेला गाउँघर विश्व कपको ज्वरोले रनक्क तातेको थियो । विश्वकप खेल्ने सबैजसो टोलीका सबैजना प्रशंसक थिए । जसरी खेलमा टिम बाँडिएका थिए त्यसैगरी समर्थकहरू पनि बाँडिएका थिए । कोही ब्राजीलका, कोही नेदरल्याण्डका, कोही अर्जेन्टिनाका अनि कोही जर्मनका । कोहीकोही त एसियन टिम कोरिया र जापानका पनि ।

खेल प्रेमीहरूको दिनरात सबै समय फुटबलमै बित्न थालेको थियो ।

किस्ताको कम्प्युटर (बालकथा)

गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।

लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।