जालको कमाल
सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा …!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।
काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”
सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”
हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो ।
धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।
“ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !” आयुष्माले भनिन्। 
बाह्र बजेको चर्को घामले बाटो हिँड्नेलाई असिनपसिन पारेको छ । दुई जना चुइँकिने साइकलमा चढेका छन् । उत्तरतिर हाँकिँदै छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ– ‘बाई, बाई सर ! बाई…।’ आफूले अभिवादन नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– ‘बाई, बाई स्टुडन्टस्…….बाई…….।’
दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।
त्यसबेला गाउँघर विश्व कपको ज्वरोले रनक्क तातेको थियो । विश्वकप खेल्ने सबैजसो टोलीका सबैजना प्रशंसक थिए । जसरी खेलमा टिम बाँडिएका थिए त्यसैगरी समर्थकहरू पनि बाँडिएका थिए । कोही ब्राजीलका, कोही नेदरल्याण्डका, कोही अर्जेन्टिनाका अनि कोही जर्मनका । कोहीकोही त एसियन टिम कोरिया र जापानका पनि ।