गजल

साँचै मर्दा लाने हजुर

गजल
बाच्नलाई मर्दा मर्दै तिस हिउद गने हजुर
ठिक्क पर्यो खुचिंग तिर्थे आफ्नाहरुले नै भने हजुर,

कहिले मरे खडेरीमा अनिकालमा महंगीमा
साहु काडी आफु पस्ने खाडल आफै खाने हजुर,

हौ तिमी प्रेरणाकी खानी

हौ तिमी प्रेरणाकी खानी
अनी कोमलताकी रानी।

हौ, जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

मेरो चिता तयार पारिदिनुहोस्

हुन सक्छ भने मेरो चिता तयार पारिदिनुहोस्
निम्सरो भई जिउँदिन घाँटी थिची मारिदिनुहोस् ।।

पिरतीले बान्नेहरू पाएँ

बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ
एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।।

होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै
पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।

गजल

भो भो माया नलाउ बरु सधैं संका गर्ने भए
दोबाटो मै भेटौ बरु मन का कुरा गर्ने भए

सागर जस्तै निस्चल माया गरिरहे सधैं तिमलाई
हात समाउन आउ मेरो संघै जंघर तर्ने भए

मौन काठमाण्डौ

कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।

असभ्य त्यो जङ्गलीपन मानिसमा मौलाउँदा
हाँसो बग्ने मानिसको टुटेको छ नहर ।

गजल एक प्रयास

मायाले मलाई बोलाउँदा सधैं "सानु" भन्थ्यौ तिमी
तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी

सन्देश गजल

चौतारीमा बर-पीपल रोप्नु भन्नु बाबालाई
मोढ बनाई तुलसी बिरुवा रोप्नु बन्नु आमालाई

मौसम भयो परिबर्तन वन जंगल मासिनाले
जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई

उनी मात्रै देखिरा'छु

मेरो आत्माभित्र पनि उनी मात्रै देखिरा'छु
हरेक रात सपनीमा उनी मात्रै भेटिरा'छु ।।

झर्ने त्यो फूल भएछु

शृष्टिको भुल भएछु ।
झर्ने त्यो फूल भएछु

जस्ले पनि तिर्खा मेट्ने
पानीको मूल भएछु ।

मेरो चाँद

पुर्णिमाको मेरो चाँद टुट्यो कसरी
बेदनाको सागरको मुल फुट्यो कसरी

बलेको आगो ताप्छन स्वार्थी मनिसले
रोदन आसु दिई खुशी लुट्यो कसरी

मध्यरात मसान घाट यस्तो दुखी कुरा किन

सोच्दा सोच्द

गजल

सोच्दा सोच्द कयौ मेरा रात ढल्यो

छट्पटिमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ।

लिन्न भन्छु सोचहरुछात्तिभित्र आफै चल्यो

छट्पटीमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ॥

हाँस सानु

तिर्थ(यात्री)पौडेल

हाँस सानु अझै तिमि मेरो खुशी थपी दिन्छु
दु;ख नहोस त्यो ज्यानलाई चोट म नै खपी दिन्छु,

तिमि हाँसे पूणिमाको जुन सम्झिएर
पर्खाइमा तिम्रो बाटो शीत थापी दिन्छु,

जान्ने बुझ्नेले

जान्ने बुझ्नेले मात्रै भकारी, भरेको छ यहाँ
इमान्दारी मान्छेहरू भोकै, मरेको छ यहाँ

हाँस्न थालेकी थेँ

तिमी आयौ जीवनमा हाँस्न थालेकी थेँ
थोरै खुशी संगालेर बाँच्न थालेकी थेँ ।।

भित्र भित्रै अट्टहासले निचोरेको आत्मा
मन बिगार्ने ऐजेरुलाई मास्न थालेकी थेँ ।।

बासना छ उनिसंग अंग अंग चुमु लाग्ने

तिर्थ(यात्री)पौडेल
गजल
बासना छ उनिसंग अंग अंग चुमु लाग्ने
जुनी जुनी सात जुनी वरिपरी घुमु लाग्ने ,

केश राशि फिजाएर बदनका फल छोप्दा
यौवनको रंग सिची उनि माथि झुमु लाग्ने ,

गजल

धेरै दिन भयो सँगै बोली हिड्न नपाएको
घाँस काट्दा खोला खोली हिड्न नपाएको

प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी प्रेमीको जोली हिड्न नपाएको

लुट्नेहरू महान अरे

आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे

पाप धर्म हाम्रो कर्म आफैलाई थाहा छैन
गल्ती गरी बिना दण्ड छुट्नेहरू महान अरे

भुलाई रयौ सधै भरि

तिर्थ (यात्री)पौडेल
गजल
तिमीलाई माया दिन्छु भनि भुलाई रयौ सधै भरि
मेरा आँखा छली अर्की डुलाई रयौ सधै भरि ,

चौतारीमा भेट हुदा हिजो अस्ति गोधुलीमा
तिम्रै हुँ नि म त भदै झुलाई रयौ सधै भरि ;

पूर्णिमाको रातमा

पूर्णिमाको रातमा बोलाएँ तिमीलाई
स्वोप्निल नयनमा सजाएँ तिमीलाई

हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ तिमीलाई

Syndicate content