Skip to content

हाम्रो बारेमा

श्रद्धेय पाठकवृन्द!

नेपाली साहित्यका नवीन एबं स्थापित साहित्यकारहरूका उत्कृष्ट रचनाहरू साहित्यप्रेमी पाठक समक्ष पुर्याउने र नया रचनाको कोशिश गरिरहनु भएका आगंतुक साहित्यकारहरुका स्वागतको दैलो उघारेर बसेका युवाहरूको समूह मझेरी हौ ।

  • यो साहित्य सेवाको भावनाबाट अभिप्रेरित, अवैतनिक, युवाहरूको समूह हो ।
  • यसमा प्रकाशित रचनाहरूलाई पारिश्रमिकको ब्यबस्था गरिएको छैन ।
  • मझेरीको सदस्य बनिसकेपछि तपाई आफ्ना रचना या आफुलाई मन परेका अन्य साहित्यकारका रचनाहरू आफैले यसमा प्रकाशन गर्न सक्नुहुनेछ ।
  • रचना प्रकाशित गर्दा लेखक, अन्य कही प्रकाशित भैसकेको भए श्रोत, साभार उल्लेख गरिदिन अनुरोध गर्दछौ । असभ्य भाषाको प्रयोग गर्ने, कुनै जाती धर्म या वर्ण प्रति आक्षेप लाग्ने रचनाहरू प्रकाशन नगर्ने अधिकार मझेरी समूहलाई छ ।

सम्पर्क : info @ majheri.com
फेसबुक : https://www.facebook.com/MajheriDotCom
ट्विटर : @Majheri

4 thoughts on “हाम्रो बारेमा”

  1. गोपीलाल कडेल

    मैले मेरो पासवर्ड बिर्सेको छु । सिस्टमले नया पासवर्ड जेनेरेट गर्न मानेको छैन । कृपया सहयोग गर्नुपर्यो ।

  2. भगवान घिमिरे

    लेख रचना तथा साहित्यकाे यस विशाल भण्डारमा म स्वयमलाइ हराउँछु तर बिडम्बना मैले धेरै वर्ष अगाडि लग इन गरेकाे अाइडि बाट लग इन हुँदैन ,फेसबुक बाट पनि लग इन हुँदैन। नयाँ अाइडि पनि बन्दैन, किन हाेला यसमा लग इन गरेर रचना प्रकाशिन गर्न नमिल्ने बनाएकाे हाे र ? जिज्ञासा समाधान हुनेमा विश्वस्त छु । धन्यवाद

  3. होम सुवेदी

    कविता र गजलबारे केही घोत्ल्याइँ
    होम सुवेदी
    नेपाली कविताको इतिहासमा देवकोटापछि निकै खडेरी परेको अनुभव भएको थियो । गद्य कवितामा मोहन कोइराला, द्वारिका श्रेष्ठ, वैरागी काइँला, ईश्वरबल्लभ जस्ता गद्य कविताका हस्तीहरु आएका हुन् तापनि तिनका कवितामा सुकोमलता र बोधगम्यता एवम् सम्प्रेषणीयताको महामारी नै थियो भन्दा अन्यथा हुन्न । त्यसको ह्याङ अहिले पनि केही कविहरुमा रहेकै छ । दुरुह, कृत्रिम, अस्पष्ट, चित्रात्मक, अर्थबोधमा समस्या, भन्न खोजिएको कुरा नबुझिने, नबुझिनु नै विशेषता हो भनेर पन्छनु पर्ने, अर्थन वर्थका प्रलापहरुले पाठक र समीक्षकहरु यस कालका कविताहरुबाट हैरान भएको कुरा तत्कालीन कतिपय पाठक र समीक्षका कथनहरुबाट बोध हुन्छ । कथ्यको जेभाँतीका गनथन र दुर्बाेध्यताको पौलले ढाकेको नेपाली कविताको खच्किएको परम्परालाई उकास्नु सहज थिएन । उनीहरुबाट आफूबाहेकको कित्ताका कवितालाई सोझै नभए पनि भित्रभित्रबाट दुरुत्साहित गरेको बोध हुने गथ्र्याे । पाठकले सजिलो गरी बुझ्ने, रमणीय एवम् बोधगम्य, सुमधुर र कविता जस्ता कविता २०२० सालदेखि २०५० सालसम्म मूल रुपमा पाएनन् । खाली हाडे ओखर मात्र पाए खान खोज्दा दाँत नै उछिट्टिने हाडे ओखर जस्ता । यसो भनिरहँदा कतिपय त्यही मार्गीहरुलाई खट्कन सक्ला तर यथार्थ त्यही हो । अपवादका रुपमा भूपि सेरचन, पारिजात, रमेश विकलहरु यस कालखण्डमा पनि सक्रिय नै थिए तर मूल भँगालोले यिनीहरुलाई किनारा लगाएको थियो । मोहन कोइलारा र उनैको तप्कामा फलेका फर्सीका जराहरुले नेपाली कवितामा रुख्याएको थियो, कविताको जमिन जर्राे बनाएको थियो ।
    सडक कविता क्रान्ति (२०३८) पछि नै नेपाली कवितामा अस्पष्ट र दुरुह बाटो छाड्न थालेको भए पनि ५० सालपछि मात्र पुराना लीला र चमत्कारीहरुको कविताले ओगटेको बाटोमा कविताको पुनरुदय भएको हो । जब नेपाली साहित्यमा गजलको पुनरुदय भयो अनि यी हाडे ओखरहरु किनारा लाग्दै जान थाले । यस्ता दुर्बाेध्य पाङ्दुरहरुलाई पाखा लगाउन नेपाली भाषामा मोतीराम, लक्ष्मीदत्त पन्त, शम्भुप्रसाद लगायतका गजलगोहरुले थालेको र ओझेलमा परेको गजललाई ज्ञानुवाकर पौडेल, घनश्याम परिश्रमी, देवी पन्थी लगायतका तत्कालीन युवाहरुले ठुलो योगदान गरेका हुन् । जब गजल नै लेख्ने भए मोहन कोइरालाको फर्सीको जराको भाषामा दुर्बाेध्यतामा गजल हुन सक्तैन । सम्प्रेषणीयता त्यसमा चाहिन्छ । यसैले गजलको पुनर्जीवनबाट नेपाली कवितामा पनि सरलता, स्वाभाविकता, कवितात्मकता, लयात्मकता, सुमधुर र सुष्ठु स्वरुप, गेय, प्रेय, आस्वाद्य, आकर्षणीय, लययुक्त, चखिला तथा भावकको मनमा छुन सक्ने रुपका कविताहरुको उदय हुन थालेको हो । सर्वसाधारणमा सम्प्रेषणीयता भएन भने गजलको अर्थ रहेन । यो सबैले बुझेकै कुरा हो । कुनै गद्य कवितामा गजल हुन सक्तैन, गजल भनिएका रचनाहरुमा लयात्मकताको नियमितता हुन्छ । नियमितता भएपछि नै बहर वा कविताको बान्की उघ्रन थाल्छ । यसैले यसपूर्वको यो कविताको तितो र टर्राे स्वरुप सडक कविता क्रान्तिको अवस्थादेखि यसो ओझेलमा पर्न थालेका हो जो स्वाभाविक पनि थियो । एउटा अनुमान गरिहेरौं— आज भन्दा दुई तिन हजार वर्ष अघिका पूर्वतिरका वाल्मीकि, व्यास, कालीदास, भारवी, भवभूति आदि र उता पश्चिमका होमर, मिल्टन, सेक्सपियर र बाइरन आदि कविहरुले आफ्ना कविताहरु मोहन कोइरालाकै कविताका जस्ता लेखेको भए तिनका कविता आज कसले बुझ्थे र पढ्थे ? भयो गाली ठानिएला । स्वादरहित, आत्मालापी, भ्रमित मानसिकताका उपजका रुपमा ती र त्यस पन्थका कवितालाई लिनु पर्छ । यस भन्दा उता भनियो भने अझ पनि यसपन्थमा लागेकाहरुबाट हप्की आउन सक्छ ।
    २०४० सालदेखि यता भने यो दुरुह प्रवृत्तिको अवसानको घडी देखिन थालेकोले नेपाली कवितामा पुनः सास पलाउन थालेको देखिन्छ । अनि जसको असल परिणामको दृश्य आज अरु तिस वर्ष जति बित्दा नबित्दै छर्लङ्ग देखिन थालेको पनि छ । ठुला ठुला हुन्डरी आएर पनि माधव घिमिरे हल्लिएनन्, भानुभक्त पोखरेल विचलित भएनन् । भरतराज पन्त, भरतराज शर्मा मन्थलीय, चन्द्रप्रसाद नेउपाने, रमेश खकुरेल, निर्माेही व्यास, गोविन्द विनोदी, मुकुन्द शर्मा, कोमलप्रसाद पोखरेल आदि आदिलाई हावाले हल्लाएन बरु हावा नै पाखा लाग्यो । भन्नुको तात्पर्य नेपाली कविताको इतिहासमा देखिएको विचलको कठोरताले भरिएको कालो बादल आफैं पाखा लाग्दै गयो ।
    यसको तात्पर्य २०४० पछिको नेपाली कविता सबै उच्च र स्तरीय वा बोधगम्य छ भन्न खोजिएको पनि हैन । यस चरणमा खास गरी गजलको विकास धुमधाम भएको छ । गजल भनेको लयात्मकतायक्त मधुर, गेय र भावयुक्त हुन्छ । गजल वास्तवमा नारीलाई र कमनीय प्रेमलाई चमत्कारिकतालाई केन्द्रमा राखेर लेखिने रचनाहरु हुन् । नेपाली कविताको विकासमा देखिएको तत्कालीन दुर्बोध्यताको विरुद्धमा गजलको उदय भएको भने पनि हुने स्थिति छ । सहरबाट, गाउँ ठाउँबाट, खास गरी युवा युवतीहरुका कलम गजलमा छापछाप्ती भएका छन् । पत्रपत्रिकाको धुमधाम प्रकाशनले स्थानीय रुपमा एफएम रेडियोको सुगम उपलब्धता, मञ्चको सहज प्रयोग, वेव साइटहरुको सर्वसुलभता, सामाजिक सञ्जालको सहज प्राप्ति जस्ता कारणबाट गजल र कविताहरुको यसपछि धुमधाम विकास भएको छ । गजलका लागि ठुलो अभ्यास र अध्ययनको खाँचो नपर्दा पनि हुन्छ । तुकबन्दीमा अलिकति ध्यान, काफियाको विशेष मिलान, भाव चयन र गेयताका लागि उपयुक्त विधानबाट गजलको निर्माण हुन सक्छ । गजल भनेका नारीमधुर प्रेम, भावुकता, प्रेमका आग्रह, प्रीतिजन्य पीडा, वियोग, छटपटी आदि अवस्थासँग निकट हो तापनि अहिले यस सीमामा र यसबाट अझ परपर पनि गजल रहेको कारणले गजलको क्षेत्र विस्तार भएको छ । देश, अन्तर्देशका विविध परिवेश, परिस्थिति, प्रकृतिका विविध पक्ष र प्रेम र नारीइतर मानवीय स्वभाव स्वरुप आदिमा समेत गजल छाप्छाप्ती लेखिएको अवस्थामा गजलको सीमा व्यापक भएको कुरा स्वीकार गर्नै पर्छ । गजललाई बहरबद्ध गर्नु हो भने केही कठिनाइ अवश्य नै पर्छ यसको सृजनमा तर साधारण लयात्मकता र काफिया आदिकै मिलानबाट समेत गजलको आकार बन्न सक्ने हुँदा यतातिर अहिले धुमधाम आकर्षण बढेको छ । आकारमा पनि खासै लामो नहुने लेख्न ह्रस्वदीर्घका रगणतगणका मारबाट केही सहज हुने हुँदा छन्द कविता भन्दा गजल सरल बुझिन्छ । तर बहरबद्ध गजलको लेखनका लागि भने यो मेरो कथन अपरिपक्व हुन सक्छ । मलाई यो हेक्का छ ।
    बाँकी फेरि

Leave a Reply to Sandesh Subedi Cancel reply

Your email address will not be published. Required fields are marked *