मेरो एक सपना छ मणी नेपाली पनेरु गद्य कविता by Deshpremi23August 7, 2018मेरो एक सपना छ साथी मरियाना खाइदेखि सगरमाथासम्म चुलिएको सपना ख्रिष्टको मनभरि उब्जेको सपना हो यो बुद्धको आँखाले देखेको सपना घाम झै उज्यालो, आमा झै न्यानो प्रियसीको अँगालो हो मेरो सपना