कुरा मात्र ठूल्ठूला
#no offence! # still huge respect to all females
कुरा मात्र ठूल्ठूला
नारी समानता र सबलताको
भाषण त अहो !
झन् जल्दाबल्दा
पुरुष भन्दा कम नहुनुको !
खुब सुनियो
खुब देखियो
बिहान उभ्याई छाड्यौ
त्यो दुब्ले लवान्ग्रे लाई
दुखेनन् होला र त्यसका चै खुट्टा
कि सोचेछौ फलाम का हुन्?
महिला आरक्षित सिट अरे
ए सबल नारीहरु
किन आफै देखाछौ दुर्बलता ?
बलिया दुई खुट्टा भगवान ले देकै छन्
र पनि
आरक्षित सिट मा बस्नै पर्ने ?
अनि
आफुलाई कम पनि नसोच्ने
धत्
सक्ने भएछी उभिन नि परो नि !
अनि किन चाहिन्छ र !
नारी दिबस ?????
गरेर त देखाऊ
बराबर सम्मान दिइन्छ पनि
लिइन्छ पनि
