Skip to content

Daya

बुहारीको पालोरे

  • by

मुक्तक
कहिले सासूको पालो रे कहिले बुहारीको पालोरे
हिजो मेलमिलाप थियो आज जुहारिको पालोरे
विवाह बिवाद रैछ लाग्यो साढे सातको दशा लाग्यो
हिजो र्भखर चुरापोते किनि दिएँ आज सारि को पालोरे

चोखो माया मारेर जाने सम्झौता नगर

  • by

चोखो माया मारेर जाने सम्झौता नगर
नफक्रिदै फूल झारेर जाने सम्झौता नगर

खडेरी थियो मन सुमन बनायौ तिमीले
बसाई अन्तै सारेर जाने सम्झौता नगर

थिए नदी बिच किनार पुगायौ फेरि
मझधारमा पारेर जाने सम्झौता नगर

न दोष तिम्रो यसमा न दोष थियो मेरै
प्रेम महल यो बिगारेर जाने सम्झौता नगर

दुनिया भन्थ्यो दुई दिनको बैश साट्ने खेल माया
ईतिहास लेख्नु छ हारेर जाने सम्झौता नगर