दयाराम आचार्य
बैगुनिले धोका दिएर हजुर
बैगुनिले धोका दिएर हजुर
बोलेछु धेरैनै पिएर हजुर
तरबारले रेटि छाडेर गइन
के गर्नु र खै अब सिएर हजुर
जवानिको कहानि अधुरो अपुरो
बनाई गइन लिएर हजुर
सहनै नसक्ने कस्तो चोट पाएँ
मर्छुकी कतैम खिएर हजुर
हाँसेकै छु हाँस्न मनयो मरेनि
लाग्छ के गँरुखै जिएर हजुर
मेटाउन याद ती प्याला भरि राछु
पहिले कहाँ यस्तो थिँएर हजुर
जिन्दगीमा नँया कदम उठाएछौ बधाई छ
जिन्दगीमा नँया कदम उठाएछौ बधाई छ
बालसखा प्रेम हाम्रो टुटाएछौ बधाई छ
जुन तारा दुई हामी नछुटिने बाचा थियो
नगासिने गरी नाता चुटाएछौ बधाई छ
म आगो हुदा कतै तिमी पानी बनि दिन्थ्यौ
सम्बन्ध त राम्रै थियो छुटाएछौ बधाई छ
मन माग्यौ मन दिएँ मुटु माग्यौ मुटु पनि
पिरतीका सबै चिनो फुटाएछौ बधाई छ
बेहोसि भै म बाँचेनि के भयो र तिमीलाई
नँया मान्छे नँया नाता जुटाएछौ बधाई छ

रंगमञ्चमा