Skip to content

Narkumar

प्रायश्चित

आधी रातमा ताराहरू गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।

Read More »प्रायश्चित

त्यो रात

  • by

आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।Read More »त्यो रात

आजभोली

हेरेर परसम्म विक्षिप्त क्षिजितलाई, किन हुन्छ यो वह कतै पोखिदिउँ । देखेर आँधीझैं उर्लिएका यादहरुलाई,… Read More »आजभोली

सानी मान्छे

सुस्त पवनको झोक्कासँगै, शितलताको अनुभूति गराउदै देखा पर्छे, मुस्कुराउदै विलाइदिन्छे बादलसरी, छिनमै उदाउछे उसैगरी फेरि… Read More »सानी मान्छे

मतिरै आइरहेछन

तिम्रो समथर भूगोल जस्तै,
फराकिलो मनको फूलबारीमा,
रंगिन सपनाका फूलहरुले सजिएर,
मेची किनारमा बहकिने शीतल पवन झैं,
शान्त र सुम्य भावनारुका लहरहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !Read More »मतिरै आइरहेछन

तिमी अर्थात् मेरी मुटु

  • by

आकाशतिर हेर्दै टोलाउदै,
हरेक प्रश्नको उत्तर खोज्न कल्पिन्छु,
एक जीवन्त भगवानको जन्मको बारेमा,
संसार बुझ्ने, शालिनताको प्रतिबिम्ब,
हजारौं गुणहरुको सम्मिलन,
एउटै व्यक्ति, एउटै तस्वीर,

Read More »तिमी अर्थात् मेरी मुटु

मेरी मुटु

मेरा मनका भावनाहरू पवित्र छन्,
कहिले पनि नफटाउनु है प्रिय
तिमी नै त हौ नि मेरो एउटै मात्र सपना,
मलाई अन्यत्र कतै नखटाउनु है प्रिय
तिम्रो दिलबाट कहिल्यै नहटाउनु है प्रिय

म मास्टर

बिहानीको मिर्मिरेसँगै,
हतारिदै दौडिएका मेरा पाईलाहरु,
कारगिल र कोसोभोको एक सैनिक जस्तै,
थोत्रो झोलाभित्र फाटेका किताबहरू बोकी,
आफूलाई जलाएर खरानी बनाई
गगनचुम्बी सपनाहरू निरन्तर बाँडिरहेछु ।