Skip to content

preeti

अनवरत यात्रा

‘अहो आजको दिन!’ मनमा उर्लेर आएको बवन्डरलाई सम्हाल्दै नजिकैको कुर्सीमा थ्याच्च आफूलाई थचारिदिन्छु । लस्त शरीरलाई कुर्सीको ढाँचाले निकै टेवा दिन्छ । रात चकमन्न छ । कहीं केही आवाज सुनिदैन, चारैतिर निस्पट्ट सुनसान छ । मौनता व्याप्त छः लाग्छ रातलाई पनि नियास्ह्रो लागेको छ आफ्नै मौनतामा पिल्सिरहेको छ । पुसको चिसो रातमा पनि पसीनाले निथुक्क भिजेको छ जिउका कपडा । यस्तो भान हुन्छ, यो मौनताले मलाई धेरै कुराहरु अमौखिक रुपमा भनिरहेको छ; पोख्दैछ असहाय निरीह भई ।