whatstheheaven
कुरा गर्छौ
कोहि हासेर पागल भए तिमि मर्ने कुरा गर्छौ
तिमि त रोएर राम कि सिता हर्ने कुरा गर्छौ
कसै कसैको आकाशमा बस्ति छ रे सुनियो
उसैको बैंक खातामा रकम भर्ने कुरा गर्छौ
क्यासिनोमा हजारौको बाजी हार्छन जित्छन
भाडा दिन नसकि नया कोठामा सर्ने कुरा गछौ
कोहि कोहि ले त चन्द्रमा बाट हामीलाई हेरे रे
केबुलकार छाडी हिडेर त्रिसुली तर्ने कुरा गर्छौ
बिधुत र पंखा
पंखा गर्मीमा हुदै नहुने बिधुतिय उपकरण जसले हामीलाई जहाँ बसेर पनि आनन्द दायी हावा दिन्छ. हो त यो एउटा उपकरण यसलाई पनि पैसा नै तिरेर बजार बाट किनेर लेराउनु पर्छ . तेस्माथी एउटा ज्यामी लै ज्याला दिएर उसैको काखमा न्यानो गरि घरसम्म आइपुगेको हुन्छ . अनि यो पंखा यति बाठो छ . हाम्रो गाली खानु पर्छ भनेर पहिले नै electricity on गर्नेबितिकै मुन्टो हल्लाउदै हावा दिन्छ . यसको आशय महँगो छ बिजुली तिमि switch on नगर भनेको रे . आफु साचिलो हुनलाई बिधुत् बन्द गरे पछी पनि एकछिन हावा दिराखेको हुन्छ .
