पालोको पैँचो
छोरो कमलको विवाह भयो तर बिहे भएको छ वर्षम्म पनि नातिको मुख हेर्न नपाएकी कमला बुहारीदेखि रुष्ट थिइन् । छिमेकी महिलाहरूसँग भन्ने गर्थिन्, -“त्यो बाँझीको मुख देखेको दिन त मेरो सर्वनाशै हुन्छ । कुन साइतमा ल्याएछ त्यस अलच्छिनालाई …।” सासूको अनेकौँ खप्की, रिस र कुर्टाई सहेकी बिचरी बुहारी त्यस्ता बचनवाणहरू सुन्नुपर्दा तरक्क आँसु झार्थिन् ।
