त्यो किसान आन्दोलन
मत एउटा सिंगो पार्टी हाँकेर यहाँसम्म आएको मानिस हुँ । तर, किन हो कुन्नि मानिसहरू मलाई किसान आन्दोलनबाट अलग गर्नै चाहँदैनन् । हो, म किसान आन्दोलनको एउटा हिस्सा अवश्य हुँ तर किसान आन्दोलन मात्र मेरो राजनीतिक अभीष्ट र ध्येय थिएन । म त राजनीतिलाई केन्द्रमा राखेर विभिन्न आन्दोलनका मोर्चाहरूमा सरिक भएको हुँ । त्
