निरुत्तर प्रश्न
“यसपालि पनि मेरो प्रमोसन भएन । किन तिमी पुरुषहरू महिलाको कामको मूल्यांकन गर्दैनौ ? किन देख्दैनौ महिलाको कामलाई अनि उनीहरूको क्ष्ामतालाई ? के मैले काम गरेकी थिइनँ ? तिमी आफैँ भन न ! तिमीले कैयौँपल्ट चियाका लागि गरेको अनुरोधलाई मैले अस्वीकार गरेकी थिएँ । सायद त्यसैको प्रतिफल मैले के पाएँ त ?” आक्रोशित मुद्रामा मेरो कोठामा छिरी ऊ । उसको भावले बताउँथ्यो, उसले भनेको पात्र म नै हुँ ।
