मिलन लामाको टोपीको मलेशिया संस्करण
पाठकहरूको मन छुने चर्चित किताबहरूको धेरै संस्करण छापिएको हामी सबैलाई थाहा छ । जस्तो कि, नेपालमा महाकवि देवकोटाको मुनामदन शायद सबैभन्दा बढी संस्करणमा प्रकाशित कृति होला । त्यस्तै, श्रोताहरूको कानमा गुञ्जिरहने लोकप्रिय गायकहरूको क्यासेट, सिडी एल्बमहरूको संस्करणबारे पनि तपाईं हामीलाई थाहा छ । जस्तो कि, नारायण गोपालका स्वर लहरीहरू उनको अवसानपछि पनि अनगिन्ती संस्करणहरूका माध्यमबाट श्रोताबिच लोकप्रिय छँदैछन् । हामीले सामान्यतया जाने बुझेको र अनुभव गरेको संस्करणहरूका केही नमूना हुन्, यी । तर के हो यो मिलन लामाको टोपीको संस्करण, त्यसमाथि पनि त्यो टोपीको मलेशिया संस्करण ? आउनुहोस्, आज म त्यही टोपीको संस्करणको कथा तपाईंहरू माझ पस्कोदैछु ।
