Skip to content

प्रकाश पौडेल माइला

हाइकु सम्राट माचुओ वाशो

माचुओ वाशो १६४४-९४ हाइकु साहित्यका आधार स्तम्भ हुन । हाइकाइ ताङका का विशिष्ट कविका रुपमा समेत कहलाएका वाशोले हाइकाइ ३१ अक्षरीय लाई १७ अक्षरीय ५-७-५ उत्कृष्ट लघुत्तम रुपमा प्रस्तुत गरेर जापानी वाङमयमा सुनौलो आयाम थपे ।
तेइतोकु र दानरीन शैलि गहनताका साथ बुझेर हाइकाइका क्षेत्रमा थप निखारता ल्याए । वाशोलाई हाइकु सम्राट भनिन्छ । एदो कालका अग्राणी कवि वाशोले यात्रा गरेर हाइकु लेख्न रुचाउँथे । वाशोका सात वटा कृतिहरु सग्रहका रुपमा प्रकाशित भएका छन ।

लालाबाला काप्न थाले नाना लिएर आउनु

आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु
लालाबाला काप्न थाले नाना लिएर आउनु ।

दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु
तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।