Skip to content

ऋषिराम कँडेल ऋषिकेशव भारद्वाज

राष्ट्रिय झन्डा

रातो रङ्ग गमक्क अङ्ग जसको नीलो किनारासित ।
साथडै चन्द्र र सूर्यको नछुटने मायाँ सधैँ मै सित ॥
जोडा त्रीभुजको छ हात बलियो हल्लाउँदै नाच्छु म ।
झन्डा राष्ट्रिय राष्ट्रको सु-गरिमा सम्झाउँदै बाँच्छु म ॥

मेरो जन्म स्व-राष्ट्रको सँग भयो ठूला सुकर्मादिले ।
मेरो जीवन यो स्व-राष्ट्र हितमा बाँच्ने त हो कर्मले ॥
बाँचेसम्म स्व-राष्ट्रको ढुकढुकी मै बाँचुला ढुक्क भै ।
भत्के राष्ट्र मरे उसै म मरुँला पल्टेर खुत्रुक्क त्यैँ ॥

RishiKeshab

मेरो छ भन्नु खै !

लाटा छन् जनता यहाँ छ सजिलो नेता हुनै बेस छ
बाँडे भाषण पुग्छ दब्छ जनता कङ्गाल यो देश छ ।
लेठा के लिनु कामको हरघडी भर्दैन पेटै भने
फाटो पर्नु बरु सुधा स्वजनमा बन्नै छ नेता भने ॥

मान्छे हुन् हुनता गरीब बिचरा के मान तिन्को छ र
कुर्सीमा रहने छ ठालु चतुरे को खोस्न नै सक्छ र?
खोसेरै मत ती गरिबहरुको सत्ता लिनै पर्दछ
वाचा-बन्धन जो थिए गरिबमा लत्त्याउनै पर्दछ ॥