नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ, म पातिएको बेला
भन्छन्,
रक्सीले भन्दा पनि, वैंशले धेर
मातिएको हुन्छ मान्छे, जवानीमा हेर
मेरो,
जवानी त छैन बाँकी, रक्सीकै हो नसा
गल्ती हजार् हुन सक्छ, छेऊमा नबस
रक्सी नसा नसामा, तातिएको बेला
नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ म, पातिएको बेला