Skip to content

सिताराम राई

जिन्दगी

उदाउने र अस्ताउने बिचको मरुभूमि यो जिन्दगी
कैयौं चोट सहेर बाँचेको भोगी यो जिन्दगी
पीडाका आँसुमा भिजेको भोझ यो जिन्दगी
कहीं उजाडिंदा कहीं झाँगिन्छ जड यो जिन्दगी

तिम्रो नजरमा पनि

तिम्रो नजरमा पनि दोसी नै भएर बाच्नु पर्ने भए
म जिउदो रहनुको अर्थ छैन
तर निरअर्थक नै जिउने, बानि परि सके छ मलाई
किनकि मलाई आत्म हत्या गर्ने आट छैन
तिम्रो सहर मै बदनामी कमाउन परे
मेरो अस्तित्वको कुनै महत्व नै छैन

तिम्रो साथ

बाच्थे साथ पाए तिम्रो पानि नभए पनि
काट्न्थे दुखैमा बरु म बानी नभए पनि
धन्य हुन्थे सम्झिदिए जिबन भर मलाई
सीमा हुन्थेन खुसीको रानी नभए पनि