तेन्जिङ शेर्पाको सम्मानमा
वीरांगनाजस्तो लाग्ने भेषभूषामा सजिएर घोडा चढी स्वागत-अभिनन्दन गर्न पाउँदाको अनुभूति बेग्लै हुँदो रहेछ । २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा आयोजित कार्यक्रमको अगुवाइ गर्दाको त्यो क्षण मेरालागि ज्यादै रोमाञ्चक थियो । किनभने, त्यो विजय नेपालीहरूका लागि संसार जितेभन्दा ठूलो थियो ।
