‘सोना’
नयाँ बर्ष आउँदै छ । पुरानो बर्षको आज अन्तिम दिन । यस मानेमा पुरानो वर्षको आज मृत्यु हुँदैछ । यसरी हरेक वर्ष, नयाँ वर्ष पुरानो हुन्छ । त्यस्को मृत्यु हुन्छ । अनी त्यस्को ठाउँ नयाँ बर्षले लिन्छ । नयाँ वर्ष नयाँ उल्लास र नयाँ उमङ । अनी नयाँ केही गरौ भन्ने चाहना र संकल्प । हिजो सम्म मलाई पनि यस्तै लागिरहेको थियो । नयाँ,नयाँ,नयाँ र मात्र नयाँले मेरो मनमा रोमन्च भरिरहेको थियो । ‘भोली यस वर्षको अन्तिम दिन’ गम्दै ओछ्यानमा पल्टेको थिए । नयाँ वर्षलाई कल्पदै निन्द्रा देवीलाई निम्तो दिईरहेको थिए ।
