Skip to content

कमल कार्की

हेर आमा

हेर आमा तिम्रो मुक्तिको निम्ति सन्तानहरू लडिरहेकाछन्,
तिमीलाई समृद्ध बनाउन तिम्रा सन्तति अघि बढिरहेकाछन्।
हजारौँ सपूतहरू तँछाड मछाड् गर्दै आन्दोलनको मैदानमा,
वीरताका साथ तिमीमै समाहित हुन खोजिरहेका छन् ।

बिलौना जिन्दगीको

  • by

मनभरि पीडा अनि चोट भए नि,
आँसु लुकाई मुस्कुराउनु पर्दो रहेछ यहाँ।

आफ्नो लागि बाँच्ने मन नहुँदा नहुँदै नि,
अरुको निम्ति भए पनि बाँच्नु पर्दोरहेछ यहाँ।

बेसुर यो जिन्दगीमा निरन्तर चक्र घुमेझैँ
बाध्यताको हुरीसँगै नाँच्नु पर्दोरहेछ यहाँ।