देवराज निरौला
मिसकल
एक नयाँ नम्बरबाट लगातार जसो मिसकल आउन थालेकोले मैले कल व्याक गरें । केटीको मधुर आवाज आयो । आफु भर्खर टिन एज पार गरेको केटा भएकोले होला त्यो मधुर आवाज सुन्ने बित्तिकै लट्ठै परिहालें । आफ्नो मोवाइलबाट व्यालेन्स घटिरहेको बारे कुनै वास्ता भएन । होस्टलमा थिएँ सबै केटाहरू मेरो वरिपरि झुम्म भए । नयाँ नम्बर नयाँ केटी, उसले के भनी भनेर जान्न सबै उत्सुक थिए ।
‘ओ ए यसलाई त लोट्री (चिट्ठा) पर्यो । ’ भिडबाट अलिक ठूलो स्वरमा एक साथीले भन्यो । सबैले होहल्ला गरे । मैले उसले भनेको कुरा राम्ररी बुझ्न सकिन । फोन काटियो ।
