“जीवन”
जीवन भनेको भगवानको अत्यन्त सुन्दर उपहार हो । तर मानिसले सकारात्मक रुपले सोच्यो भने यो सुन्दर हुन्छ, नकरात्मक रुपमा सोच्यो भने दु:ख पूर्ण हुन्छ । त्यसो त नकारात्मक सोचाइ नहुने होईन। मान्छे भएपछि रिस उठ्छ, डर लाग्छ, नराम्रा भावनाले घेर्ने पनि गर्छन् तर यसलाई विश्लेषण गर्न सक्नुपर्छ । त्यसपछि अगाडि बढ्न सकिन्छ । असफलता एवम गल्तीलाई गुरु मान्नु पर्छ । सधैं सोचे जस्तो गरेर बाँच्न सकिदैंन । तर पनि सकारात्मक सोच लाउन सकिन्छ, साचै चाहेमा ।
