Skip to content

जनार्दन आचार्य

हराएको सुटकेस र आफूजस्तै मान्छे

  • by

एकपटक माल्दिभ्स जाने मौका पर्‍यो । सार्क शिखर सम्मेलनको अवसर थियो । अनि, म त्यो सम्मेलनमा भाग लिन गएको प्रतिनिधिमण्डलमा सामेल थिएँ । टापु नै टापुको देश । एउटा टापुमा विमानस्थल, अर्को टापुमा राजधानी । बस्ने होटल एउटा टापुमा, सम्मेलनस्थल अर्को टापुमा । घरकै आँगनमा समुद्र । एक ठाउँबाट अर्को ठाउँमा जाँदा मोटरबोट प्रयोग गर्नुपर्ने । जमिनैजमिनले घेरिएको मुलुकमा बस्ने नेपालीहरूका लागि एउटा अचम्मको देश ।