बडादशैंँ
शुख, शान्ति समृद्धिको मुल बनोस् बडादशैं,
पाखैभरि मगमगाउने फूल बनोस् बडादशैं ।
बुवा–आमा, छोरा–छोरी, साथी–संगी भेटाउने,
आफन्तका घर पुग्ने पुल बनोस् बडा दशैं ।
बर्षैभरि बिताएका तिता-मिठा क्षणहरू,
भुलाउने बाचा अनि कबुल बनोस् बडादशैं ।
ओभाएको मनलाई रस दिने रसिक बोकी,
आँत भिज्ने रसै रसको तण्डुल बनोस् बडादशैं ।
जताततै अशान्ति छ भन्ने मात्र सुन्नु पर्छ,
शान्ति–शान्ति उद्घोष गर्ने बिगुल बनोस् बडादशैं ।
