नेपाली गीत वसन्तप्रवीण गीति कविता by BasantaprabinOctober 20, 2010नाता हाम्रो के भनौं र, तिम्रै मनको थिएँ मीत आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित मनका कुरा गुम्सिएका, पठाउँथें खामभित्र जप्थें दिनमा हजारचोटि, के रैछ त्यो नामभित्र दु:ख लिइ जिन्दगीका, खुशी सारा दिएँ कि त आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित