के के हुन्छ के के !
अनायास मेरा निर्दोष नजरहरू
उनका वक्षस्थलमा ठोकिन्छन्
भित्र लगाउने पहिरन बाहिर र
बाहिर लगाउने पहिरन भित्र सजाएको देख्दा
कताकता असहज अनुभूति हुन्छ
फलत: मेरा नजर अन्तै मोडिन्छन्
शिर अलिक निहुरिन्छ
अनि, वस्तुस्थिति बोध गर्ने जमर्को गर्छु
यसैबीच एक्कासि मौसम बदलिएझैँ
मेरो अन्तरआत्माले अर्को निर्देश गर्छ
पहिरन लगाउनेलाई असहज छैन भने
तिम्रा दृष्टिलाई किन असहज भएको
बरु तिम्रो नजर अन्तै घुमाऊ
तिम्रा भावनालाई थामथुम पार
समयले ल्याएको परिवर्तनलाई
सहज ढंगले स्वीकार्न सिक
सललल पानीझैँ बग्न देऊ
यो परिवर्तित युगमा यस्तै हुन्छ
अझ हेर्दै जाऊ आउँदा दिनमा
के के हुन्छ के के !
आऊ एकछिन
