Skip to content

प्रदीप नेपाल

उदास साँझ

  • by

रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो ।

घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै गढी वा भूतबङ्गला थिएन । त्यो थियो मिस्टर निर्मल थापाको चार करोड ४५ लाखको घर ।

अप्रत्यासित

  • by

चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कर्ुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हर्ेदा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता पर््रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मीत अनुहार मलाई । तर म उसको अघिल्तिरको कर्ुर्चीमा बस्न सकिन । त्यहाँ बस्नु राम्रो हुँदैनथ्यो । त्यसको िठक्क देब्रेतिर खालि टेबुल थियो । म त्यसैको आडको कर्ुर्चीमा गएर बसेँ । म कर्ुर्चीमा ट्यास्स बसेको मात्र थिएँ- गर्मी यामको लुगा लगाएको एउटा मानिस सरासर आएर महिला अघिल्तिरको खालि कर्ुर्चीको छेउमा उभियो । \”माफ गर्नु होला, म दस मिनेट ढिलो भएँ,\” उसको बोलीमा विनम्रता र रसमाधर्ुय दुवै थियो । \”बस्नुस्, नेपालमा दस मिनेटलाई ढिलो मानिदैन,\” महिलाको बोली पनि रूप जस्तै सुन्दर थियो । सुनिरहुँ लाग्ने खालको थियो ।