प्रदीप नेपाल
सङ्घीयताको रूप
रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै फुस्स निदाएँछु म ।
ठूलो मैदानमा झण्डै सय जनाजति मानिसहरू गच्छे अनुसारको कुर्सी र भुइँमा बसेका थिए । कुर्सीमा बसेकाहरू चलनचल्ती अनुसार ठूला हुने भैहाले । भुइँमा बस्नेहरू श्रीरामका भरत हुने भैहाले । म मैदानको ढोकाबाट भित्र पसेको मात्र के थिएँ, उद्घोषकले आसन ग्रहणको अनुरोध गरिहाले ।
पुरस्कारसँग जोडिँदा
लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा।
टाटा सुमो हाईवे
बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न पाए ढिलोमा पनि साढे ११ बजे त हेटौँडा पुग्ने टुंगै थियो। कार्यक्रम २८ मंसिर ०६७ को थियो।
दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड
मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु तर मस्कोको मेट्रोसँग अहिले पनि कसैको तुलना हुनसक्छ जस्तो मलाई लाग्दैन । मस्को मेट्रो चढाउने र घुमाउने जिम्मा चाहिँ मेरै नाति प्रद्युम्न नेपालको भागमा परेको रहेछ ।
काठमाडौं फ्लु
काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।
नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो
तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली काँग्रेस, पु. नेपाल कम्युनिस्ट पार्टी भनेर लेखिन्थे साप्ताहिक छापाहरूमा । जनमतसङ्ग्रह अगाडिको गाउँफर्के आतङ्कको दाँजोमा यो पर्याप्त फराकिलो दायरा लाग्थ्यो त्यतिबेला ।
माधुरी दीक्षितको डायरी
केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर समस्यालाई सामसुम पारेकी थिइन्।
अनायक नागरिक
कथा कसैका लागि ?
साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, कथाको कुनै विषय नै भेटिनँ । दिक्दार भएर फर्किएँ कोठामा । कोठामा कहाँको कथाको प्लट भेट्टिइयोस् !
पुराणको अन्यायमा परेका इन्द्र
हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् ।
ऋग्वेदमा देवीदेवता
म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।
दार्जीलिङको दौरा-सुरुवाल
तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने दार्जीलिङमा कहा” के छ भनेर कसैले सोध्यो भने खै त्यो त थाहा छैन भनेर भाग्नुपर्ने अवस्थाको मान्छे भा’को छु म ।
आकाशमा राहुको चलखेल
२०५९ सालदेखि मैले दसैँ मान्न पाएको थिइनँ परिवारसँग रमाएर । त्यस साल आमाले चिठी पठाउनुभएको थियो, “तिमीहरू यसपालि दसैँ मान्न नआउनू । बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टीको थाप् । हाम्रातिर दसैँ नमान्ने उर्दी जारी भएको छ । मान्छेको ज्यान कतिखेर तलबितल पर्ने हो भन्ने त्राहिमाममा बाँचेका छौँ हामी सबै । काठमाडौँमा बस्ने यता आए भने यतै राख्छौँ भनेर हप्कदप्की गर्छन् । ज्यान रहे यस सालको दसैँ अर्को साल पनि मनाउन सकिन्छ … …,” आदि, आदि ।
निर्वाचनपछि…
काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो ।
“अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने भनेको छ, त्यसभन्दा त बरु भएको बेचबिखन गरेर टोरन्टोतिर लाग्नुपर्ला ।”
