Skip to content

किरण चापागाईं (बेगारी)

हाम्रो नेपाल

देश सबै को साझा हो नाम फरक भए के भो
मातृभूमि प्यारो हुन्छ काम फरक भए के भो

धनि भएनि गरिब भएनी येही देशका सन्तान हामी
हामी सबै नेपाली दामफरक भए के भो

४ बर्ण ३६ जात को सांझा फुलबारी हो यो
हिन्दु मुस्लिम सबै एक हो धाम फरक भए के भो

किन खोज्छौ टुक्राउन सुन्दर सान्त हाम्रो नेपाल
तराई पहाड हिमाल एक हो याम फरक भए के भो

सबै धर्म को बाटो सान्ति नै हो नि होइन ?
एउटै लक्ष्य भएपछी राम फरक भए के भो

मनले चाहेमा प्रीत सधैं हुन्छ


मनले चाहेमा प्रीत सधैं हुन्छ
प्रेमीहरूको जीत सधैं हुन्छ
दुवैको चोखो माया भएपछि
प्रेमीहरूको जीत सधैं हुन्छ

कलाकारको सुन्दर कृति हौ अरे
प्रेमीहरूको सुन्दर प्रीति हौ अरे
तिमीभन्दा सुन्दर छैन केही भन्छन
परीको सुन्दर स्मृति हौ अरे

राखेको छु ………….

तिमीलाई दिन धेरै प्यार राखेको छु
तिमीलाई भेट्ने इन्तजार राखेको छु

पन्चेबाजा बजाई दुलही बनाउन
भाडा मा मैले कार राखेको छु

भबिस्यकै कल्पना मा रमाउन थालिसके
अनुमानित सन्तान चार राखेको छु

देखिन्छु बुढो वन्ने मन को डर
अनुहारको धेरै स्याहार राखेको छु

जुनदिन तिमि राजी हुन्छौ अनमिनलाई
जेठी छोड्न छोडपत्र तयार राखेको छु

तिम्रो………..

नया उमङ्ग जोसिलो तिम्रो
ओठ को अमृत पोसिलो तिम्रो

लगाउछौ तिमि चोली र फरिया
छोटो फरिया अनि चोली कसिलो तिम्रो

१६ को जोबन आँखै गाडिने
पिउ झैँ लाग्ने यौवन रसिलो तिम्रो

तिमीलाई हेर्दा कति मदहोस भए
चिटिक्क अनुहार हसिलो तिम्रो

के बनु म तिम्रो लागि

किन लाग्छ तिम्रो नज़र को बन्दि बनु
तिम्रो हात सिंगार्ने रंगिन मेहन्दी बनु

मा तिम्रो शिव तिमि पार्वती मेरी
तर तिमीलाई बोक्न लाग्छ म नन्दी बनु

यी गरगहना देखि इर्षा लाग्न थाल्यो
यस्तो लाग्छ म बुलाकी बनु सिरबंदी बनु

तिमीलाई छोइराखने कस्तो इच्छा मेरो
तिम्रो लाज छोप्ने लाग्छ म चौबन्दी बनु

बेगारी

न बेगारीको कुनै नाम छ
न बेगारीको कुनै काम छ

दिनभरी घुम्यो डुल्यो बजारभरि
न बेगारीको कुनै दाम छ

दर्शन बुझ्दैन धर्म मान्दैन
न बेगारीको कुनै धाम छ

चुरोट

जतिखेर पनि खान्छु चुरोट
जति खेर पनि तान्छु चुरोट

कतै जानु पर्ने काम भए
साथमा सधैं लान्छु चुरोट

चुरोटको अभाव यदि भए
बिंडीलाई पनि मान्छु चुरोट