देश सबै को साझा हो नाम फरक भए के भो
मातृभूमि प्यारो हुन्छ काम फरक भए के भो
धनि भएनि गरिब भएनी येही देशका सन्तान हामी
हामी सबै नेपाली दामफरक भए के भो
४ बर्ण ३६ जात को सांझा फुलबारी हो यो
हिन्दु मुस्लिम सबै एक हो धाम फरक भए के भो
किन खोज्छौ टुक्राउन सुन्दर सान्त हाम्रो नेपाल
तराई पहाड हिमाल एक हो याम फरक भए के भो
सबै धर्म को बाटो सान्ति नै हो नि होइन ?
एउटै लक्ष्य भएपछी राम फरक भए के भो