ढुङ्गाभित्र बास हुन्छ देवताको पवित्रा प्रयत्न गजल by kbsJune 3, 20116 Commentsसिंदुर घस्दा ढुङ्गाभित्र बास हुन्छ देवताको फूलपाती चढाउला आस हुन्छ देवताको झट्ट हेर्दा निर्जीव ढङ्गा, रगताम्मे सिंदुर मात्रै विश्वासमा सजीवता, सास हुन्छ देवताको सत्य, द्धापार, त्रेता युग, सकिएर कलियुगमा शक्ति भक्ति सबथोक, नास हुन्छ देवताको