मातृत्व घनश्याम शर्मा आधुनिक कथा मधुपर्क २०६८ असार by kbsJuly 12, 2011कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुज्रिरहेका थिए ।