सुभाष शाह ठकुरी
सुन्यताका ति दरबारहरु , आज त्यसै भत्कियपछि
सुन्दर शब्द उनका आज
त्यसै त्यसै ओइलियपछि
साना साना आशा आज
जताततै खोजिरहेछु
बिलासिले जिन्दगिलाई
त्यसै जुठो परेपछि
निथ्रुक्क भिजेका सोखहरू
सकी नसकी निचोरिरहेछु
चर्कियका ति बेदनामा
फेरी आज बज्रियपछी
छचल्कीयका थोपाहरु
हत्केलाले पोछिरहेछु
सुन्यताका ति दरबारहरु
आज त्यसै भत्कियपछी
आकांक्षाले सुन्लिन भनि
हृदयमा च्यापिरहेछु

सुन्दर शब्द उनका आज