Skip to content

नविन आचार्य

पागल

तिम्रो साथ, छुटेपछि, पागल भए म त
खुसि सबै, लुटेपछि, पागल भए म त

सातफेरा, लगाएर,गरेका ति बाचाहरु
एका एकै , टुटेपछि, पागल भए म त

दुइमुटु जोडी,सजाएका ति, सपनाहरु
ऐना सरि , फुटेपछि, पागल भए म त

मेरो सारा,खुसि लुट्न,तिमि पनि आज
बैरी संगै,, जुटेपछि ,, पागल भए म त

खुटा तानी, लडाउन, आफन्त नै आज
बिरोधि मा, उठेपछि , पागल भए म त