अधोमुखी वृक्ष
चानचुन दुई सय वर्षअघि, भूतलको सामाजिक मानचित्रमा, कतै दूर एकलासमा एउटा टापू देश थियो । त्यो टापू देशको सनातन परम्परामा अतार्कितालाई तर्कसङ्गति, अन्यायलाई न्याय र बेथितिलाई थिति मान्ने रीत थियो । त्यस टापूमा कार्य-कारण सम्बन्धका आधारमा कुनै पनि घटनाको पूर्वानुमान गर्नु असम्भवप्रायः थियो । त्यहाँ अकल्पनीय घटना घट्थ्यो र आमसमाजले विस्मयले जिब्रो टोकेर अपलक त्यसलाई हेथ्र्यो, स्तब्ध भएर धेरैबेरसम्म हेरिरहन्थ्यो । हो, त्यस टापूमा यस्तै घटनाहरूको सिलसिलामा एउटा घटना घट्यो ।
