Skip to content

सूमा प्रस्तुत

तिमी आउछौ भनेर

तिमी आउछौ उजेलीमा भनेर मलाई यो रात पनि मिठो लाग्छ ।
केवल तिम्रा स्पर्शले मात्र पनि मेरा सारा थकानहरु भाग्दछ ।।
तिमीसगँ विताएका हर क्षण सुन्दर सपना सरि सजाउछु ।
कुनै पल सम्झी हाँस्छु अनि कुनै पल सम्झी आफैमा लजाउछु ।।……….२

ती क्षणहरू

मैले तिमीलाई नसम्झेको होइन प्रिय, ओठ खोली बोल्नै सकिन
ती मिठापल अनि क्षणहरु सपना थिए कि बिपना मैले आज भुल्न सकिन
क्षितिजको कालौ बादल भित्रका चाँदीका घेरा ठम्माउनै मैले सकिन
ती खुशी अनि मायाका क्षणहरु दुर्भाग्य मैले लम्बाउन आज सकिन

मेरा आँशु

बग्ने आँशुको भाका कसैले बुझ्ने भए म रुन्थे
मेरा आँशुले त्यो चिर निन्द्राबाट कोही उठ्ने भए म रुन्थे

गर्लयामै ढलेका लाशहरूमा आँशुले सास भरिने भए म रुन्थे
मेरा आँशुले च्यातिएका भोटाहरू सिइने भए म रुन्थे …२