Skip to content

रामहरि पौड्याल

अविरल यात्रा : रोमान्चक द्वन्दहरू

रात सफा र कन्चन देखिन्छ, स्निग्ध र सुकुमार । पूर्णचन्द्रले त्यसमा शोभा थपेको छ, ताराहरू सुन्दर फूलझैं फक्रेका छन् । मलाई हम्मे परिरहेको छ छुट्याउन – दिन हो कि रात ? बादलका कुनै काला धब्बाहरू देखिदैनन् अनन्तसम्मै । पूरै आकाश हाँसेको छ पूर्णयौवना तरुनी झैं प्रतीक्षामा कसैको । शीशाका ठूला झ्यालहरूबाट ओछ्यानमा पल्टेरै देखिरहेछु – पर आसिकागाको हरियो डाँडो आकाशको छतमुनि थकाइ मरिरहेको छ मौन । नजिकैको बलिङ्ग सेन्टरको प्रतीक ‘बलिङ्गको नमूना’ अग्लाइमा ठड्याइएको स्तम्भमा सफेद हाँसिरहेको छ ।

ब्याचलर अफ नर्सिंग कुलबधु

भर्खरै बुहारी भित्र्याएका तिनीहरूले आफ्नी नव बधुको तारिफ गर्दै सुनाए – “हाम्री बुहारी एक दम खानदानकी छोरी हुन् । पूरै आर्य संस्कारले सजिएकी उनलाई मैले बर्सौं लगाएर आफ्नो एकल सुपुत्रलाई रोजेको । उनका पिताजीको कुरै नगरौं प्रकाण्ड विद्वान । भाइ इन्जिनियर छ । बैनी ठूलो पत्रकार कान्तिपुरकै सबैभन्दा ठूली समाचार बाचिका । मेरी बुहारी पनि ब्याचलर अफ नर्सिंग गरेकी मैनाकै ५० हजार तलव खान्थिन नेपालमै । छोरा बुहारी दुबैको उमेर पनि एउटै क्या मिलेको लव नै हाने जस्तो । पर्फेक्ट जोडी घरमा केई सिकाउनु पर्दैन । बोल्न इस्टमित्र ज्वाँई भान्जा सबैलाई यथोचित सम्मान गर्न जानेकी सर्व गुण सम्पन्न कुलीन बुहारी … ।”

दु:शङ्काको घेराभित्र

‘’जान्छिन आज शकुन्तला घर भनी उठ्दो छ चिन्ता अति
प्रीतिको मनमा प्रवाह बहँदा रोकिन्न आसुँ रति
हामी झैं बनावासिको पनि भयो यो गत भने यो घरि
बस्छन धैर्य गरि गृहस्थ कसरि छोरी बिदायी गरि !’’

पण्डित बाले भाका हालेर सुनाउनु भो !

जमदार बाजे बज्यैका आखाँहरू रसाए छोरी सफलाको बिदायी पछि । बातावरणको अहो ! कस्तो नीरव शून्यता । छोरी अन्माउदाको दुखद क्षण।

फरवाडेड म्यासेज

चम्किला बत्तीहरूको झिलिमिली प्रकाशमा उज्ज्यलिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरू क्रिसमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरूसँगै टलकिएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । सपिंग मलहरू, डिपार्टमेन्ट स्टोरहरू खचाखच भरिएका छन् तन्नेरी ग्राहकहरूको क्रिसमस क्रेजसँगै । तिनका उत्साहलाई बतावरणको हिमाच्छादित धर्ती प्रतिकूल देखिदैन । माइनस पांचको चीसोले क्रिश्मस सपिंगको भिडलाई रोक्न छेक्न सकेको छैन । सबैखाले सपिंग मलहरू बतानुकुलित तातोसँगै स्वागतातुर देखिन्छन आफ्ना ग्राहकहरूको सेवामा ।