Skip to content

भरत मणि मरहट्टा

तीजको गीत

तीजको गीत
चूडा निर्भीक
नेता जति जो आए नि, देश्को विकाश भएन
जनताको दूखदर्द, क्यै गर्दा नि, शान्त भएन ।
कोही भन्छन् प्रजातन्त्र, कोही गणतन्त्र रे
जुन तन्त्र आएपनि, विकासको छैन मन्त्र रे ।
सबै पार्टी उस्तै रैछन् , भ्रमको खेती गरेछन्
सीधासाधा जनता, महँगीका मारमा परेछन् ।
कहिले शोषे राणाले, कहिले शोषे राजाले
हिजोआज दश् जना नेताले, चुसिराछन् मजाले ।
कोही भनुन् राष्ट्रवाद, समानता समाजवाद,
शोषितपीडीत जनतालाइ, छैन कुनै स्वाद ।
देश्को विकास भएन, शान्ती पनि आएन,