Skip to content

योगराज

येत्रो बजार हल्ला भयो

थोरै मात्र पिएको थे येत्रो बजार हल्ला भयो
फाटेको मन सिएको थे येत्रो बजार हल्ला भयो

कत्ति मर्दै जिउनु भनि जिउदै मर्ने कोसिस गरे
पासो हातमै लिएको थे येत्रो बजार हल्ला भयो

अनुहार मै दाग बोकी मेरै ऐना संग रिसाएर
अलिअलि जिएको थे येत्रो बजार हल्ला भयो

पिर बोक्ने दिल संग गुनासो त्यो पोख्न्न भनि
थोरै मात्र पिएको थे येत्रो बजार हल्ला भयो

जानु

एकहोरो माया गर्दा थाकिसके हेर जानु
तिम्लाई पाउनदेउराली भाकिसके हेर जानु

सोचेको थे जिबन कहिले नफक्रिने फुल जस्तो
थाहै नपाइ फक्रियेर पाकिसके हेर जानु

रहर उठ्छन मन भरि तरंगीन्छ यौबन पनि
अतित को दशा सम्झी वाकिसके हेर जानु

जिन्दगीमा केही गर्न सकिएन

खोजे कति बाटाहरू भेट्न सकिएन
अहिलेसम्म जिन्दगीलाई बुझ्नै सकिएन

हिडे कति एक्लै एक्लै रहस्यको खोजी गर्दै
रहस्यमा जिन्दगीलाई मुछ्नै सकिएन