Skip to content

ढकेन्द्र लामा

रम्न नसकेको खुशी

तिम्रो खुशीसँग म रम्न सक्दिन होला
तिम्रो आँशुसँग म जम्न सक्दिन होला

बाटोहरू फरक फरक एउटै लक्ष्य भए पनि
तिम्रो हाँसोसँग म सम्न सक्दिन होला

चम्किएको तारा जस्तो ठुलो छैन लक्ष्य मेरो
तिम्रो अहंकारमा म थम्न सक्दिन होला