Skip to content

राजेन्द्र ज्वाल के सी

हाइकु

~~~~~~~~~~~~~
चिसो सिरेटो
गन्तब्य डाँडा पारी
एतै थाकेछु //
~~~~~~~~~~~~~~~~~~~~
संसार डुल्न
बाटोनै भेटिएन
पैरो गएछ //
~~~~~~~~~~~~~~~~~~~~~~
निलो आकाश
छेक्दै छ त्यो बादल
असार् लागेछ//
~~~~~~~~~~~~~~~~~~~~~~
असारे झरी
त्यो बेशिको रोपाइ
सानुको याद//
~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल

जस्ले जन्म दिए तिन्लाई अकस्मात् देख्न पाए
जो नामले हुर्के यस्कै नामोनिसन् मेट्न पाए

कस्ता’थे जन्मनासाथ फाली हिंड्ने जन्मदाता
एक्कै पटक् यै जूनिमा कही कतै भेट्न पाए

फस्नेछौ तिमी

प्रेम गर्नुको परिणाम्, फस्नेछौ तिमी
चल्छ धोकाको अभियान्, फस्नेछौ तिमी

धेरै नजिक् भए सकिन्छौ आफ्नैबाट
छैनन् कुनै नि समाधान्, फस्नेछौ तिमी

नयाँ नयाँ सरकारले

नयाँ नयाँ सरकारले, युवा बेच्छन् यहाँ
दुखी हैन सान्दारले, युवा बेच्छन् यहाँ

सपना साटिन्छ खाडीका बलुवासँ’
सपनाका जान्कारले, युवा बेच्छन् यहाँ