Skip to content

रोचक राई

पराइकै भए पनि जाति कुरा सुनेको राम्रो

पराइकै भए पनि जाति कुरा सुनेको राम्रो
गर्नुभन्दा पहिले कयौ पल्ट गुनेको राम्रो

रङ्गी बिरङ्गी सपनाहरू देखेर नपुग्नुभन्दा
साधा,सिधा जीवन को रेखा बुनेको राम्रो

राष्टियता

सानो होला मेरो छाती देश अटाउछ ।
फाटेको दौरानै होस भेष झल्काउछ।

थरि थरि सस्कृती छुटा छुट्टै भाषा।
हिमाल,पहाड,तराइ एक बसाउछ।

हिमालको सितल पहाड,तराइ झर्नु पर्छ ।
तराइ को अन्नले हिमाली भोक हराउछ।

मलाइ यति तलाइ त्यति भन्नु छोढेर।
कस्लाइ दुख्यो हात फैलाउ मेल फैलाउछ।

जहा बसे जे गरेनि राष्टियता चाहिन्छ।
नेपालि को छोरो भन बिश्व सेठ डराउछ।

रोचक राई
खुतुम्बु खोटङ
हाल-दक्षिण कोरिया
2013/02/03

आफ्ना सबै लुटिए पनि दुखी छैन शहर

हेर्दा पीडामा उभिए पनि दुखी छैन शहर
आफ्ना सबै लुटिए पनि दुखी छैन शहर

हेर्छन तमासा साराले गर्दैनन केही पनि
साख्य भाई कुटिए पनि दुखी छैन शहर